२०८३ कार्तिक १७ गते सोमबार

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ, छातीमा मुक्का हान्दा मृत्यु भएको स्वीकार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ३०
rajkumar

आठराई- श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ परेका छन्। तेह्रथुमको आठराई गाउँपालिका-१ डाँडागाउँमा साउन १४ गते २४ वर्षीया श्रीमती रेसिका (दमन्ता) श्रेष्ठको हत्या गरेको आरोपमा उनका श्रीमान् राजकुमार श्रेष्ठ पक्राउ परेका हुन्। उनलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो।

साउन २७ गते दमन्ताको शव पसल नजिकै सुँगुरको खोरमा गाडेको अवस्थामा फेला परेको थियो। सोही दिन झापाको काँकडभिट्टास्थित एक होटेलमा लुकेर बसेको अवस्थामा साउन २७ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो।

साविक थोक्लुङ गाविस वडा नम्बर-२ की रेसिकाको हत्या गरी श्रीमान् राजकुमारले साउन १५ गते प्रहरीमा खोजी गरिदिनका लागि निवेदन दिएका थिए। तर प्रहरीले खोजी सुरु गरेपछि राजकुमारले श्रीमती रेसिका झापामा गएको भन्दै खोजी नगर्न भनेका थिए।

घरायसी विवादमा श्रीमानश्रीमती बीच झगडा भएपछि रिसको आवेगमा छातीमा मुक्का प्रहार गर्दा रेसिकाको मृत्यु भएको अभियुक्त राजकुमारले प्रहरीमा बयान दिएका छन्। आफूले कसुर गरेको स्वीकारेको प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिए।

साउन १५ गते राजकुमार आफैँले श्रीमती हराएको जानकारी इलाका प्रहरी कार्यालयलाई गराएका थिए। यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो। तर प्रहरीले खोजी सुरु गरेपछि उनी आफैँले श्रीमती रेसिका आफन्तकोमा झापामा गएको भन्दै खोजी नगर्न प्रहरीलाई खबर गरेका थिए।

तेह्रथुममा सुँगुरको खोरमा गाडेको अवस्थामा भेटियो महिलाको शव

प्रकाशित: २०८० साउन ३० गते मङ्गलबार ११:४६
प्रतिक्रिया

थप समाचार

प्रधानन्यायाधीश र न्यायाधीशको इनम ‘कनेक्सन’: सर्वोच्चको पूर्ण बैठकले के निर्णय गर्‍यो?

काठमाडौँ: सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूसहितको पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले ५ वटा निर्णय गरेको छ। प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुँयालमाथि...

ब्रम्हपुत्रमा बन्दै गरेको विश्वकै ठूलो जलविद्युत बाँधले जोखिम बढाउने

चिनियाँ भाषाको जर्नल चाइना साइन्स बुलेटिनमा प्रकाशित एक शोधपत्रमा अनुसन्धान टोलीले भनेको छ ‘यी नतिजाहरूले ब्रम्हपुत्र नदीमा हुने जलवायुसम्बन्धी परिवर्तनशीलताको दीर्घकालीन परिवर्तन प्रदान...

तीन महिनामा भित्रियो साढे ६४ करोडको झिलिमिली बत्ती

तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली...

एसियामा इन्धनको मूल्य युद्धअघिको भन्दा दोब्बरले वृद्धि

काठमाडौँ: पश्चिम एसियामा जारी ऊर्जा संकटका कारण एसियाली मुलुकमा इन्धनको मूल्य युद्धअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ। कच्चा तेलको आपूर्तिमा देखिएको अवरोध क्रमशः प्रशोधन र ढुवानी प्रणालीसम्म...

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना