काठमाडौं। सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा बन्न लागेको सिद्धबाबा सुरुङमार्ग निर्माणमा नयाँ परामर्शदाता छनोट भएको छ । जसअन्र्तगत परामर्शदाता ईआरएमसी–योङमा डोङसुङ जेभीलाई जिम्मेवारी दिइएको छ।
सकड विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले नयाँ परामर्शदाताको रुपमा ईआरएमसी–योङमा डोङसुङ जेभीलाई छानेको हो। केन्द्रका इन्जिनियर दीप बाराहीका अनुसार परामर्शदाताले ४० करोड ९१ लाख रुपैयाँ पाउनेछ।
स्वीस कम्पनीको डीपीआर अनुसार सुरुङ मार्ग बनाउन ग्लोबल टेण्डर गरेर यसअघि नै चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनलाई छानिएको थियो। १.१२६ किलोमिटर लम्बाईको सुरुङ मार्ग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतमा बनाउने सम्झौता २०७८ फागुनमै भएको हो।
वर्षा सकिएपछि सुरुङ खन्ने ठेकेदार कम्पनीको तयारी छ। उसले अहिले पूर्वतयारीका काम गरिरहेको छ। पूर्वतयारीस्वरुप रामापिथेकस पार्कनजिक डाइभर्सन निर्माणको काम भइरहेको छ। यस्तै ठेकेदार कम्पनीले सडक स्तरोन्नतिको काम गरिरहेको छ।


