काठमाडौं । सरकारले काठमाडौं–तराई फास्ट ट्रयाकको डिपीआर संशोधन गर्ने भएको छ । लागत समय र लागत मुल्य घट्ने गरी द्रुतमार्गको डिपीआर संशोधन भएको हो ।
मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपीआर संशोधन गरेको हो । डीपीआर संशोधन हुने भएसँगै द्रुतमार्गको सुरुङमार्गको संख्या बढ्नेछ । काठमाडौं–मधेश लाइफ लाइनका रुपमा रहेको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण कार्य भइरहेको छ ।
२०७४ साल बैशाख २१ देखि निर्माण कार्य शुरु गरिएको काठमाडौं तराई मधेश द्रुत मार्ग हालसम्म २५।५४ प्रतिशत मात्र प्रगति भएको छ ।
