२०८३ कार्तिक २२ गते शनिवार

अस्ट्रेलियाली कम्पनीले बेच्यो टाइगर प्यालेसको सबै सेयर, अब एनआरएनले चलाउने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ३१
tiger palace

काठमाडौँ- रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले सञ्चालन गर्ने भएको छ। राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी विदेशमा बस्ने केही गैरआवासीय नेपालीहरूले अस्ट्रेलियाली कम्पनीको सिल्भर हेरिटेज लिमिटेडको सम्पूर्ण स्वामित्व लिई नयाँ व्यवस्थापनका साथ उक्त टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागिएको जानकारी दिइएको छ। अस्ट्रेलियाली कम्पनीले झन्डै २ अर्बमा रिसोर्ट बेचेको बताइएको छ।

यसअघि टाइगर प्यालेस रिसोर्ट अस्ट्रेलियाली कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले लगानी गरी सञ्चालन गर्दै आएको थियो। सो अस्ट्रेलियाली कम्पनीले यो रिसोर्ट सञ्चालन गर्न तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब रु पाँच अर्ब लगानी गरेको समेत उक्त पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ। रिसोर्ट र यसमा सञ्चालित क्यासिनोमा करिब एक हजार नेपालीले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ।

प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको यो रिसोर्ट बन्द हुने अवस्थामा पुगेको र विदेशमा समेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाएपछि अस्ट्रेलियाली कम्पनीको सिल्भर हेरिटेज लिमिटेडमा भएका सबै शेयर खरिद गरी नयाँ व्यवस्थापनका साथ रिसोर्ट सञ्चालनमा ल्याइएको हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकका अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए।

यसैगरी हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकमार्फत सिल्भर हेरिटेज लिमिटेडमा भएको अस्ट्रेलियाली कम्पनीको सबै शेयर खरिद गरेको हुँदा टाइगर प्यालेस रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकमा हस्तान्तरण हुन आएको सञ्चालक दीपकदत्त गौतमले बताए। ‘अब नयाँ व्यवस्थापनसहित टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागेका छौँ, विदेशिएका हामी नेपालीले आफ्नो जन्मभूमिप्रतिको दायित्वबोध गरी यो बन्द हुने अवस्थामा पुगेको रिसोर्टलाई खरिद गरेका छौँ,’ उनले भने।

उक्त रिसार्टले नेपाल सरकारलाई करोडौँ रकम राजस्वसमेत तिर्दै आएको र कोभिड महामारी तथा रिसोर्ट सञ्चालनका क्रममा देखिएको आन्तरिक विवादका कारण केही वर्षदेखि रिसोर्ट पूर्णरूपमा सञ्चालन हुन सकेको थिएन। रिसोर्ट पूर्णरूपमा सञ्चालन हुन नसक्दा नेपालीले रोजगारी गुमाउनुका साथै सरकारको पनि करोडौँ रकम राजस्व पनि गुम्दै गएको थियो। रिसोर्टले नेपालका बैंकलाई तिर्नु पर्ने साँवा, व्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन।

पर्यटनको प्रचुर सम्भावना भएर पनि टाइगर प्यालेस रिसोर्ट जस्ता ठूला लगानीका पर्यटन उद्योगहरू धरासायी हुने बाटोतर्फ उन्मुख हुनु राष्ट्र, पर्यटन क्षेत्र र लगानीकर्ताका लागी सुखद नभएको अध्यक्ष सुवेदीले बताए। उनले भने, ‘नेपालको आर्थिक विकासका लागि पर्यटन उद्योगको अहम् भूमिका भएकाले हामी केही गैरआवासीय नेपालीहरूले यो रिसोर्टमार्फत पर्यटन क्षेत्रको विकासमा एउटा इँटा थप्न चाहेका छौँ।’

रिसोर्टको लगानीकर्ता अस्ट्रेलियाली कम्पनी आर्थिकरूपमा धरासायी भएको र टाइगर प्यालेस पनि बन्द हुने अवस्थामा पुगेको अवस्थामा एक करोड ५० लाख अमेरिकी डलरमा कारोबार भएको आजको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो। अब उक्त टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न आफूहरूलाई अनुमानित रु चार अर्बको दायित्व बहन गर्नुपर्ने अवस्था आएको सञ्चालक गौतमले जानकारी दिए।

प्रकाशित: २०८० साउन ३१ गते बुधबार ०९:००
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना