२०८३ कार्तिक २४ गते सोमबार

राजनीतिमा युवापुस्ताका पक्षपाती प्रदीप गिरि

 |  रामहरि खतिवडा
Sanket

रामहरि खतिवडा

काठमाडौँ, भदौ ४
pradeep_giri

नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रुपमा आफ्नो विशिष्ट छवि बनाउनुभएका प्रदीप गिरि राष्ट्रियरुपमा मात्र नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चित हुनुहुन्छ। स्वास्थ्य समस्याका कारण लामो समय अस्पतालमा उपचाररत उहाँको गत वर्ष आजकै दिन निधन भएको थियो। अहिलेको जटिल राजनीतिक परिस्थितिमा गिरिको अनुपस्थिति सबैलाई खट्किएको छ। उहाँको निधनले नेपाली समाजले प्रजातान्त्रिक समाजवादको कसीमा नेपाली अर्थतन्त्रलाई डोहोर्‍याउनका लागि गरिने खबरदारी गर्ने व्यक्तिको अभाव भएको छ। उहाँमा रहेको बौद्धिकता, स्पष्टता, सादगीपनको स्मरण भइरहेको छ।

बौद्धिकताको हिसाबले मात्र नभई उहाँको विभिन्न भाषामा उत्तिकै दख्खलता थियो। नेपाली, अङ्ग्रेजी, हिन्दी र संस्कृत चारवटै भाषामा राम्रो ज्ञान थियो। यी चारवटै भाषामा उत्तिकै रुपमा राम्रोसँग लोमो समयसम्म पनि बहस गर्न सक्ने उहाँको अचम्मको क्षमता थियो। उहाँसँग २०४२ सालमा मेरो पहिलो भेट कुपण्डोलस्थित कृष्णप्रसाद भट्टराईको निवासमा भएको थियो। किसुनजीसँगै रहेको मलाई औंल्याउँदै उहाँले सोध्नुभयो, तिम्रो घर कहाँ हो ? मैले ओखलढुङ्गा भएको बताएँ। उहाँले ओखलढुङ्गाका बलबहादुर राईलगायत थुप्रै नेताहरुको नाम भन्नुभयो। नेपालको प्रजातान्त्रिक आन्दोलनमा ओखलढुङ्गाको योगदानको चर्चा गर्नुहुँदा मलाई गर्वले छाती फुलेजस्तो भयो। त्यसपछि उहाँसँग म नजिक हुन थालेँ।

प्रष्ट वक्ता र सरल शब्दचयन उहाँका विशेषता थिए। बिपी, गणेशमान सिंह र किसुनजीसँग नजिक रहेर उहाँले काम गर्नुभएको थियो। चित्त नबुझेका कुरामा उहाँले बिपी–गणेशमानसँग पनि फरक मत राख्ने गर्नुहुन्थ्यो। उहाँको जीवनको लामो समय राजनीतिमै बित्यो। यद्यपि राजनीति भने उहाँको तेस्रो प्राथमिकतामा थियो। उहाँको पहिलो प्राथमिकता साहित्य हो भने दोस्रो प्राथमिकता अध्यात्म हो। उहाँलाई राजनीतिलाई किन प्राथमिकतामा राख्नुहुन्न भन्ने जिज्ञाशामा आफू राजनीतिबाट ‘डिष्ट्रव’ हुन नचाहेको भन्नुहुन्थ्यो। उहाँले राजनीति, समाजवादको चिन्तन र सोहीअनुसारको व्यवहारले समकालीन नेपाली नेताहरूमध्ये पृथक छवि बनाउनुभयो।

उहाँ कांग्रेस पार्टीको टिकटमा चुनिएका सांसद भए पनि राजनीतिमा उहाँको सर्वमान्यता स्थापित भएको थियो। कम्युनिस्टहरुलाई मार्क्सवाद र साम्यवाद पढाउँदै हिँड्ने पात्र हुनुहुन्थ्यो उहाँ।

उच्चस्तरको बौद्धिक नेता भएर पनि उहाँमा अचम्मको सादगीपन थियो। सामान्य किसिमको खानपिन रुचाउनु हुने उहाँ प्रायः सादा खाना, दही, दुई/तीन वटा रोटी र समयअनुसारको तरकारी खानुहुन्थ्यो। कम मात्रामा मदिरापान गर्ने उहाँमा लुकाएर खाने बानी थिएन। मैले उहाँले धुम्रपान गरेको देखिनँ। २०६०/६१ सालतिरदेखि नै उहाँले खाने कुरामा पथपरेजमा बस्ने गर्नुभएको थियो। सादा जीवन उच्च विचारको आदर्शबाट निर्देशित हुनुहुन्थ्यो। उहाँमा लपनछपन केही थिएन। स्पष्ट वक्ता हुनुहुन्थ्यो।

उहाँ आफू मात्रै अध्ययन गर्ने होइन, अरुलाई पनि अध्ययनमा प्रेरित गरिरहनुहुन्थ्यो। भेट भएका युवालाई पञ्चतन्त्र, महाभारत जस्ता ग्रन्थ पढ्नका लागि उहाँले अभिप्रेरित गर्नुहुन्थ्यो। आफू पनि निरन्तर पढिरहने उहाँ एकै दिनमा तीन/चारवटा पुस्तक पढ्ने गर्नुहुन्थ्यो। प्रत्येक पटक २०/३० वटा पुस्तकसम्म किन्ने आदत थियो।। अत्यधिक पढ्न रुचाउने उहाँ कहिलेकाहीँ त राति अबेरसम्म पढ्ने भएकाले भोलिपल्ट अपरान्ह १२/१ बजेसम्म पनि सुत्ने गर्नुहुन्थ्यो।

उहाँमा पद लोलुपता पटक्कै थिएन। त्यसैले सरकारका प्रवक्ता र मन्त्री हुन पटकपटक आग्रह हुँदा पनि उहाँले कहिल्यै मान्नुभएन। पदले आफ्नो व्यक्तिगत जीवन र स्वतन्त्रतामा हस्तक्षेप हुन्छ भन्ने ठानेर यस्ता पद नलिएको उहाँ बताउनुहुन्थ्यो। विसं २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सिरहामा भाषण गर्दै चुनावमा जिताएर पठाए गिरिलाई परराष्ट्र मन्त्री बनाइदिन्छु भन्नुभएको थियो। तर उक्त चुनावमा उहाँले थोरै मतले पराजीत हुनुभयो। त्यसपछि उहाँले भन्नुभएको थियो, “म भगवानलाई धन्यवाद दिन्छु, मलाई हराएर मन्त्री बन्नबाट रोकिदिनुभयो। जितेको भए मैले किसुनजीको आज्ञा मान्नुपथ्र्यो, मन्त्री हुनुपथ्र्यो, जुन मेरो जीवनको चाहना थिएन।”

उहाँलाई धेरैले गान्धीवादी नेताका रुपमा पनि चिन्दथे। काठमाडौँमा बस्दा उहाँ प्रायः डेरामै बस्नुभयो। घर बनाउने, बिलासी जीवन बिताउने मोह कहिल्यै मनमा आएन। उहाँको स्वभावसँगै जेलमा बसेका किसुनजीसँग पनि मिल्दथ्यो। “राजनीतिमा निष्ठाको बाटो कहिल्यै नछोड्न भनिरहनुहुन्थ्यो। हामी किसुनजीका अनुयायी हौँ”, इमानदारीपूर्वक जनताको सेवामा लाग्नुपर्दछ भन्नुहुन्थ्यो। सत्तामा गएर मन्त्री, प्रधानमन्त्री बन्नुभन्दा पनि म सधैँ आस्थाको राजनीति गर्छु भन्नुहुन्थ्यो। मैले गर्छु भनेको आफूले राजनीति पद प्राप्तिका लागि होइन भन्नुहुन्थ्यो। नभन्दै जे बोल्नुभयो त्यो उहाँले निर्वाह गर्नुभयो। पदीय र राजकीय पदमा जानु भएन।

उहाँ आफू मात्रै अध्ययन गर्ने होइन, अरुलाई पनि अध्ययनमा प्रेरित गरिरहनुहुन्थ्यो। भेट भएका युवालाई पञ्चतन्त्र, महाभारत जस्ता ग्रन्थ पढ्नका लागि उहाँले अभिप्रेरित गर्नुहुन्थ्यो। आफू पनि निरन्तर पढिरहने उहाँ एकै दिनमा तीन/चारवटा पुस्तक पढ्ने गर्नुहुन्थ्यो।

उहाँको अगुवाइमा सिरहा बस्तीपुरमा करिब हजार विरूवा हुर्किएका छन्। घरभन्दा करिब पाँच किमी पर उहाँले आश्रम पनि बनाउनु भएको छ। आफू मरेर गए पनि रूख बाँचिरहने र ती रूखका फल अरूले खाँदा आफूमा सन्तुष्टि मिल्ने भएकाले विरूवा हुर्काएको उहाँ बताउनुहुन्थ्यो। आश्रममा बस्न निकै आनन्द लाग्ने बताउँथ्यो। शान्त ठाउँमा पढ्न आनन्द हुन्छ भन्नुहुन्थ्यो। २०५१ सालमा किसुनजी सिरहा जाँदा म पनि उहाँसँगै गएको थिएँ। त्यहाँ हामी पाँच दिन रहँदा गिरिजीको लहानस्थित बस्तीपुरको आश्रममा बसेका थियौँ। काठमाडौं हुँदा पनि उहाँ तपोवन गइरहनुहुन्थ्यो।

बिपीले परिकल्पना गरेको नेपालका सन्दर्भमा प्रजातान्त्रिक समाजवादको व्याख्या गर्न उहाँ अब्बल हुनुहुन्थ्यो। उहाँमा व्यापक ज्ञान, सिद्धान्तप्रतिको अविचलित निष्ठा, समाजवादी समाज निर्माणप्रतिको प्रतिबद्धता, निर्भिक र स्पष्टवादी स्वभाव रहेको थियो। कतिपय बुद्धिजीवीहरु उहाँलाई बिपीपछिको सबैभन्दा प्रभावशाली विचारकका रुपमा लिन्छन्। जनमत सङ्ग्रहपछि नेपाल आउनु भएका प्रदीप गिरिले राजनीतिलाई नौलो दिशा दिनुभयो। बिपीको देहावसानपछिको अवस्थामा प्रदीपले नै वौद्धिक वहसको परम्परालाई निरन्तरता दिनुभयो। तराईको सम्पन्न परिवारमा जन्मिएर पनि विलासी संस्कृतिको अवलम्बन नगर्नु उहाँको समाजवादप्रतिको सम्मोहको एउटा बलियो उदाहरण हो। उहाँले लामो आफ्नो राजनीतिक जीवनमा समाजवादको अध्ययन, विश्लेशण, चर्चा–परिचर्चा र संश्लेषण गर्नुभयो। यसैमा उहाँ रमाउनुभयो। उहाँमा चातुर्यता थियो।

उहाँले युवाहरूलाई पार्टी राजनीतिमा आकर्षण गर्नुपर्छ भन्नुहुन्थ्यो। विचार र सिद्धान्तलाई व्यवहारमा लागू गर्न सक्ने नेता उहाँ हुनुहुन्थ्यो। राजनीतिलाई दर्शन, सिद्धान्त र विचारमा सधैं नै जोडिराख्नुभयो। राजनीति भनेको सत्ताकै लागि होइन, जनता र देशका लागि गर्नुपर्ने सेवा हो भन्नुहुन्थ्यो, यो कुरा नयाँ पुस्ताका लागि ठूलो सन्देश हो। चक्रप्रसाद वास्तोलाको स्मृति दिवसमा आयोजित कार्यक्रममा उहाँले पार्टी सभापति शेरबहादुर देउवालाई मलाई देखाउँदै यिनी सांसद पनि छैनन्, केन्द्रीय सदस्य पनि पराजीत भए, यस्ता युवालाई केही जिम्मेवारी दिएर युवा कार्यकर्तालाई परिचालन गर्नुपर्छ भनेर खुलेरै आग्रह गर्नुभयो। कांग्रेसका बैठकहरूमा धारणा राख्दा पनि उहाँ युवा नेताहरूलाई पार्टीभित्र ठाउँ दिनुपर्छ भन्ने पक्षमा कुरा राख्नुहुन्थ्यो। नयाँ पुस्ताले उहाँबाट सिक्न सक्ने धेरै कुराहरु छन्। पछिल्लो पुस्तासँग उहाँको बढी नै आशा र भरोसा थियो।

उहाँमा पद लोलुपता पटक्कै थिएन। त्यसैले सरकारका प्रवक्ता र मन्त्री हुन पटकपटक आग्रह हुँदा पनि उहाँले कहिल्यै मान्नुभएन। पदले आफ्नो व्यक्तिगत जीवन र स्वतन्त्रतामा हस्तक्षेप हुन्छ भन्ने ठानेर यस्ता पद नलिएको उहाँ बताउनुहुन्थ्यो।

उहाँको भारतीय नेताहरूसँग नजिकको सम्बन्ध रहेको थियो। करण सिंहले उहाँलाई अत्यन्त आदर गर्नुहुन्थ्यो। विशेषगरी गान्धीवादी विचारक गिरिको भारतका नेताहरू जयप्रकाश नारायण, राममनोहर लोहियाहरूसँग नजिकको सम्बन्ध रहेको थियो। उहाँको सोनिया गान्धी, इन्दिरा गान्धी, राजीव गान्धीलगायतका नेतासँग पनि राम्रै सम्बन्ध थियो। भारतीय नेताहरू नितिश कुमार, लालुप्रसाद यादव, विपी त्रिपाठीलगायतका नेतालाई उहाँले प्रशिक्षण दिनुभएको छ।। भारतमा इन्दिरा गान्धीको सङ्कटकालको समयपछि उहाँले भारतमै रहेर ‘सोसिइलिष्ट मुभमेन्ट’को नेतृत्व पनि गर्नुभएको थियो।

उहाँ सबै राजनीतिक दलप्रति उत्तिकै सद्भाव रहेको थियो। उहाँ कांग्रेस पार्टीको टिकटमा चुनिएका सांसद भए पनि राजनीतिमा उहाँको सर्वमान्यता स्थापित भएको थियो। कम्युनिस्टहरुलाई मार्क्सवाद र साम्यवाद पढाउँदै हिँड्ने पात्र हुनुहुन्थ्यो उहाँ। उहाँ सबैको मान्छे अर्थात सर्वपक्षीय व्यक्तित्वयुक्त नेता हुनुहुन्थ्यो। अन्य दलका नेता, कार्यकर्ताहरु पनि उहाँका तर्कहरुबाट प्रभावित हुन्थे। उहाँका विचारहरुको कार्यान्वयन गर्न नसके पनि त्यसमा सहमति जनाउँथे। संसदमा उहाँले बोल्ने दिन निकै उत्सुकता छाउँथ्यो। उहाँ कहिल्यै एकपक्षीय रुपमा प्रस्ुत नभई आफूले देखेको स्पष्टसँग कुरा राख्नुहुन्थ्यो। उहाँका कुरामा तर्क र दम रहन्थ्यो।

सादगीपनसँगै उहाँको इमान्दारिता, निष्ठा, अध्ययनशिलता वर्तमानमा जो कोही नेतृत्वले सिक्नुपर्दछ। गाउँगाउँमा कुटिर उद्योगमार्फत रोजगारी सिर्जना गर्नुपर्छ भन्ने विचार राख्ने गिरिले सधैँ गाउँ केन्द्रित राजनीतिका पक्षमा आवाज उठाउनुभयो। समाजका सबै वर्ग र समुदायको समुत्थान हुनुपर्छ भन्दै उहाँले ‘कदमजम’ को नारालाई अघि सार्नुभएको थियो। राष्ट्रमा सबैको पहुँच स्थापना हुनुपर्ने भन्दै उहाँले कर्णालीको समस्या, दलित, महिला, जनजाति र मधेशीलाई समेट्दै अघि बढ्नुपर्ने विषयलाई जीवनपर्यन्त उठाइरहनुभयो। उहाँको विचारलाई गाउँगाउँसम्म पुर्‍याउन आवश्यक छ। उहाँको मूल्यमान्यतालाई जीवित राख्न सकिए भने मात्रै कांग्रेसलाई गतिशील बनाउन सकिन्छ।

(यो सामग्री राससबाट लिइएको हो)

प्रकाशित: २०८० भदौ ४ गते सोमबार ०२:२४
Sanket

रामहरि खतिवडा

खतिवडा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य हुन्।
प्रतिक्रिया

थप समाचार

सरकारले केरुङ–काठमाडौँ रेलमार्गलाई परिणाममुखी ढंगले अघि बढाउनुपर्छ

नेपालतर्फको रेलमार्गको लम्बाइ ७८.१ किलोमिटर हुने र प्रस्तावित मार्गको करिब ९६ प्रतिशत भाग सुरुङ तथा पुलमा पर्ने अनुमान गरिएको छ। नयाँ अध्ययनले यसको निर्माण लागत ४ खर्ब रुपैयाँभन्दा बढी हुने...

बीमा प्राधिकरणका अध्यक्षको जिम्मेवारीः कानूनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक

बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।

कानुनभन्दा माथि प्रधानमन्त्री पनि छैनन्: सुनकोशी–मरिण प्रकरणले उठाएका गम्भीर प्रश्न

कानुनी राज्यमा कार्यकारी शक्ति कानुनको अधीनमा रहन्छ। कानुन कार्यकारी इच्छाको अधीनमा होइन। यदि यो भ्रष्टाचारको नियतले गरे–गराइएको हो भने अख्तियार अवश्य नै सजग हुनुपर्छ।

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना