काठमाडाैं– नेपाल भेटेनरी एशोसिएसनमा आवद्ध १६ वटा संघसंस्थाले पशु सेवा विभागमा तालाबन्दी गरेका छन् । सरकारले विभिन्न कार्यलयहरुलाई गाभ्ने, खारेजी गर्ने र शून्य बजेट बिनियोजन विरुद्ध आन्दोलनरत भेटेनरी सम्वद्ध निकायले विभागमा तालाबन्दी गरेका हुन ।
चरणबद्ध आन्दोलनमा रहेका ती संघसंस्थाहरुले माग पुरा नभएसम्म ताला नखोलिने बताउदै आएका छन् । नेपाल भेटेरिनरी एसोसिएसन लगायत विभिन्न १६ वटा संससंस्थाहरु आफ्नो माग पुरा गर्नकालागि विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् ।
विभागको मूल गेटमा ताला लगाएपछि पशु सेवा विभागका कामहरु प्रभाभित भएका छन् ।


