काठमाडौँ– ढुसी परेको कोक बजारमा भेटिएपछि काठमाडौँ महानगरपालिकाले जरिमाना गरेको छ। अनुगमनका क्रममा महानगरले महानगरले कालिञ्चोक ट्रेडिङ नेपाललाई जरिमाना गरेको हो।
ढुसी परेको कोक भेटिएपछि जरिमाना गरिएको महानगरले जानकारी दिएको छ। बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ दफा २९ को खण्ड ‘ङ’ बमोजिम जरिमाना गरिएको पत्रमा उल्लेख छ। जरिवाना ७ दिन भित्र तिर्न भनिएको छ।
‘अखाद्य पदार्थ देखिएका उत्पादन तुरुन्त फिर्ता लैजानु पर्नेछ। सिलबन्दी राम्रो नभएको बोतल कम्पनीबाट गर्नु र डिस्ट्रिब्युटरबाट रिटेलरमा सामग्री दिँदा पूर्णरुपमा चेक जाँच गरेर मात्र पठाउनु होला,’ महानगरले काटेको जरिमाना पत्रमा उल्लेख छ।


