काठमाडौँ- नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ। बिहीबार बसेको निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो।
निगमले एक सिलिन्डर ग्यासमा २३५ रुपैयाँ बढाएको छ। योसँगै खाना पकाउने एक सिलिन्डर ग्यासलाई १ हजार ८९५ रुपैयाँ बनाइएको छ। यसअघि ग्यासको मूल्य १ हजार ६६० थियो।
पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३-३ बढाइएको छ। पछिल्लो मूल्यसूचीअनुसार अब काठमाडौंमा एक लिटर पेट्रोललाई १७८ रुपैयाँ पर्नेछ भने डिजेल/मट्टितेललाई १६७ रुपैयाँ तिर्नपर्ने भएको छ।
बढेको मूल्य बिहीबार रातको १२ बजेपछि लागू हुने निगमले जानकारी दिएको छ।



