२०८३ कार्तिक २२ गते शनिवार

सहरबासीले किन मन पराए ताराखोलाको स्लेट ढुंगा?

 |  खेमराज गौतम
Sanket

खेमराज गौतम

गलकोट, भदौ १६
Tarakhola-slate-dhunga

गलकोट- बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुङ्गा बिक्रीबाट ३१ लाख आम्दानी गर्‍यो। गत आवमा पालिकाको कुल ७४ लाख आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको थियो।

पालिकाले कार्यविधि निर्माण गरेर ढुङ्गा उद्योग दर्ता र सञ्चालनका लागि बाटो खोलेपछि पालिकाको आम्दानी बढ्न थालेको हो। अघिल्लो आवको तुलनामा गत आवमा पालिकाको आम्दानी रु १६ लाखले वृद्धि भएको छ।

ढुङ्गा निर्यात गर्दै आइरहेको ताराखोला गाउँपालिकाभित्र एक सय युवाहरुले ढुङ्गा उद्योगबाट प्रत्यक्ष रोजगारी पाएको गाउँपालिकाको भनाइ छ।

पछिल्लो समय नेपालमा आयातित टायल र मार्वलको विकल्प ताराखोलाको स्लेट ढुङ्गा बन्दै जाँदा यसबाट स्थानीय तहमा रोजगारी सृजना समेत भएको हो। पालिकामा अहिले १२ वटा ढुङ्गा उद्योग दर्ता भइसकेका छन् भने पाँच वटा उद्योगले नियमित ढुङ्गा निर्यात गरिरहेका छन्।

ताराखोला गाउँपालिका–५ मा पिके ढुङ्गा उद्योग सञ्चालन गरी २२ स्थानीयलाई प्रत्यक्ष रोजगारी दिएका पृथ्वी सुवेदीले यहाँ उत्पादित ढुङ्गाको माग उच्च रहेको बताउँदै काठमाडौं, पोखरा, बुटवललगायतका नेपालमा मुख्य सहर तथा स्थानमा निर्यात भएरहेको जानकारी दिए।

यहाँका ढुङ्गा विभिन्न सहरमा खपत भइरहेको र मार्वलको विकल्प बनिरहेको उनको भनाइ छ।

‘केही आफ्नो जग्गा र केही भाडामा जग्गा लिएर उद्योग सुरु गरेको छु’, उनले भने, ‘यहाँ ढुङ्गा बोक्ने ट्याक्टर ड्राइभरले समेत अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन्, मुख्य बाटोमा पुर्‍याएपछि ट्रकमा लोड गरी विभिन्न स्थानमा ढुङ्गा पुर्‍याइन्छ।’ यसका लागि विभिन्न स्थानमा डिपो समेत राखिएको उनको भनाइ छ।

ताराखोलाको स्लेट ढुङ्गा ब्राण्ड भइसकेको भन्दै उनले परम्परागत घर छाउन प्रयोग हुने ताराखोलाको स्लेट ढुङ्गा अहिले आधुनिक घरका भित्तामा टास्न र भुईंमा छाप्न प्रयोग हुन थालेको बताए।

यस्तै ताराखोला गाउँपालिका–२ अर्गलका चरण घर्तीले जिसिजी ढुङ्गा उद्योगमार्फत १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको जानकारी दिए।

उनले आफूले उत्पादन गरेको ढुङ्गा चितवन, पोखरा र दाङसम्म निर्यात हुने गरेको बताए। अन्य स्थानको ढुङ्गाभन्दा यहाँको ढुङ्गा बलियो र राम्रो भएको भन्दै उच्च माग भएकाले मागअनुसार ढुङ्गा पुर्‍याउन मुस्किल भइरहेको उनको भनाइ छ।

ताराखोलाको ढुङ्गा विभिन्न साइजमा ग्राहकको माग अनुसार उत्पादन गरिँदै आइएको छ। पछिल्लो समय पदमार्ग, पार्किङ र बगैँचामा यहाँकोस्लेट ढुङ्गा प्रयोग हुन थालेको छ।

‘अहिले आर्थिक मन्दीका कारण विकास निर्माण र घर निर्माणको काम कम हुँदा ढुङ्गाको बजार केही घटेको मात्रै देखिन्छ’, घर्तीले भने, ‘तर आकाशे रङ्को ढुङ्गा ताराखोलाको भन्ने ब्राण्ड देशभर भइसक्यो, ताराखोलामा ढुङ्गा उत्पादन गर्न सकेमा बजारको समस्या छैन।’

पालिकाको मुख्य आम्दानीको स्रोत ढुङ्गालाई बनाएको भन्दै ढुङ्गा उद्योग दर्ताका लागि स्थानीयलाई प्रोत्साहन गरिरहेको ताराखोला गाउँपालिकाका राजश्व शाखा प्रमुख देविलाल सापकोटाले बताए।

पालिकाको आर्थिक कार्यविधि अनुसार प्रतिवर्गफिट रु दुईका दरले कर तथा ठेक्कामार्फत निकासी कर सङ्कलन गर्दै आइरहेको सापकोटाको भनाइ छ।

पालिकाले ढुङ्गा उद्योग दर्ता गर्न रु ३० हजार र नवीकरण गर्न २५ हजार शुल्क तोकेको छ। पालिकामा स्लेट ढुङ्गाको खानी प्रशस्त रहेकाले आन्दानीको स्रोत बर्सेनि बढाउने पालिकाको नीति रहेको सापकोटाले जानकारी दिए।

ताराखोला गाउँपालिकाको राष्ट्रिय वन र सामुदायिक वनमा भएको उद्योग कानून अभावमा क्रमशः बन्द हुँदै गए पनि व्यक्तिगत जग्गामा रहेका ढुङ्गाखानीहरु पालिकाको कानूनभित्र रहेर सञ्चालनमा आएका हुन्।

घर निर्माणका लागि विदेशबाट आयातित मार्बल तथा टायलको यहाँको स्थानीय ढुङ्गा (स्लेट) विकल्प समेत बन्दै गएको स्थानीयको भनाइ छ। हेर्दा आकर्षक देखिने विदेशी मार्बलभन्दा स्थानीय खानीबाट उत्पादित ढुङ्गा धेरै टिकाउ र परम्परागत देखिने भएकाले पछिल्लो समय यसको माग बढिरहेको हो। -रासस

प्रकाशित: २०८० भदौ १६ गते शनिवार ०७:३८
Sanket

खेमराज गौतम

गौतम राससका संवाददाता हुन्।
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना