२०८३ कार्तिक ११ गते मङ्गलबार

किन बन्द भयो ‘रुटिन अफ नेपाल बन्द’?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १८
ronb

काठमाडौँ-  युवा पुस्तामाझ लोकप्रिय छवि बनाएको फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ बन्द भएको छ।  पेजका एड्मिन भिक्टर पौडेलले ‘बोल्ड डिसिजन’ लिएको भन्दै पेजलाई बन्द भएको घोषणा गरेका हुन्।

उक्त पेज ‘अनपब्लिस’ गरेको भन्दै भिक्टरले अनपब्लिस गरेको स्क्रिनसट पनि पोस्ट गरेका छन्। उनले लेखेका छन्, ‘अब अट्याक गर्नु पर्दैन …’ स्वार्थले खोलेको थिएन तै भएर बाल छैन’ उनले फेसबुकमा लेखेका छन्, ‘बाकि कुरा पछि गरौँला।’ उनले अब आफू स्वतन्त्र भएकोसमेत उल्लेख गरेका छन्।

शनिबार काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले फेसबुकमा सिंहदरवाररमा आगो लगाइदिने धम्की दिएका थिए। यो विषयमा समाजिक सञ्जालमा चर्को आलोचना भयो। उक्त आलोचनालाई मत्थर गर्न रुटिन अफ नेपाल बन्दले काठमाडौँ महानगरका मेयर बालेन्द्र दम्पतीले भर्खरै सन्तान प्राप्ती गरेकोझै प्रतीत हुने गरी आइतबार बधाई दिएको थियो।

९ दिनअघि बालेन दम्पत्तीलाई सन्तान प्राप्ती भएको कुरा मिडियामा सार्वजनिक भयो। यसपछि बालेनको आलोचनालाई मत्थर गर्नका लागि पेज प्रयोग गरेको भन्दै  रुटिन अफ नेपाल बन्दको पनि आलोचना भयो। यसपछि उसले केही दिन अघि नै बालेन दम्पतीलाई सन्तान प्राप्ती भएको भनेर एडिट गरेको थियो।

Image

यद्यपि रुटिन अफ नेपाल बन्दले माफी माग्नुपर्ने आवाज उठिरहेको थियो। सञ्जाल प्रयोगकर्ताहरूको माग अनुसार माफी माग्नुको सट्टा एडमिन भिक्टरले पेज नै अनपब्लिस गरेका छन्। यद्यपि के कारणले आफूले बन्द गरेको भनेर भिक्टरले प्रष्टताका साथ भने लेखेका छैनन्। अहिले आफूहरूको अर्कै पेजमा पोस्ट गर्न सुरु गरेको जानकारी दिएका छन्। नयाँ पेजमा पहिलेजस्तै गरी स्टाटस लेख्न थालेको छ।

कतिपयले भने आलोचना मत्थर गर्न अर्को तिकडम अपनाइएको तर यो पेज केही दिनमा पुनः सक्रिय गराउने आशंका व्यक्त गरिरहेका छन्।

उता बालेनले सिंहदरबार जलाउने धम्की दिएको स्टाटस पनि डिलिट भएको छ।

बालेनलक्षित काठमाडौँ प्रशासनको विज्ञप्ति- सामाजिक सञ्जालमा वक्तव्यबाजी नगर्नू

बालेनको आरोप- गृह प्रशासनले भ्रम फैलायो [विज्ञप्तिसहित]

सिंहदरवारमा आगो लगाइदिने बालेनको चेतावनी

प्रकाशित: २०८० भदौ १८ गते सोमबार ०७:०१
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना