काठमाडौँ- कोशी प्रदेशका प्रमुख परशुराम खापुङले दुई अध्यादेश जारी गरेका छन्। भदौ ११ देखि सुरु भएको बजेट होलिडे अन्त्य गर्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बजेटसम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेपछि खापुङले जारी गरिदिएका हुन्।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित भएको थिएन। पारित नभएपछि उक्त अध्यादेश स्वतः निष्क्रिय भएको थियो। यसपछि पुनः अध्यादेशबाट बजेट ल्याइएको हो।
खापुङले प्रदेश आर्थिक अध्यादेश २०८० र स्रोतगत तथा कार्यक्रमगत विवरणसहितको विनियोजन अध्यादेश २०८० जारी गरेका हुन्।


