काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को नयाँ भवनको उद्घाटन गरेका छन्। शुक्रबार प्रधानमन्त्रीले सिनामंगलस्थित क्यानको नयाँ भवन उद्घाटन गरेका हुन्।
प्राधिकरणले सिनामंगलमा रहेको करिब ३० रोपनी जग्गामध्ये चार रोपनी २ आना जग्गामा १८ हजार ७२१ वर्ग मिटर बिल्टअप एरिया भएको तीनतले बेसमेन्टसहित १२ तले भवन निर्माण गरेको छ।
योसँगै प्राधिकरण अब आफ्नै स्रोतमा निर्माण भएको भवनमा सरेको छ। भवन निर्माण गर्दा झन्डै २ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ।
भवनको दुईवटा बेसमेन्टमा ६५ वटा कार, १२० वटा मोटरसाइकल तथा २५ वटा साइकल पार्किङ क्षमता छ।
पाल नागरिक उड्डयन प्राधिकरणले करिब २ अर्ब लागतमा बनेको नयाँ भवनबाट काम सुरु गरेको छ। प्राधिकरणले सिनामंगलमा बनेको नयाँ भवनबाट पूर्णरुपमा काम थालेको हो।
८ वर्षअघि निर्माण सुरु भएको भवनको निर्माण कार्य हालै सम्पन्न भएको हो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बबरमहल कार्यालयका सबै विभागले अब सिनामंगलबाट काम गर्नेछन्।
यो भवनबाट ५ सय कर्मचारीलाई काम गर्न सहज हुनेछ। भवनमा तीवनटा तलामा सवारी पार्किङको व्यवस्था गरिएको छ। तुण्डी-रसुवा जेभीले यो भवन बनाएको हो।

्





