काठमाडौँ- नेपाल इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई)को इटालीमा बैठक सम्पन्न भएको छ। बैठकले नेपाल–इटाली व्यापार सम्बन्धलाई थप प्रगाढ बनाउनमा मद्दत पुर्याएको व्यापारिक तथा सांस्कृतिक सम्बन्ध निर्माण र विस्तारमा केन्द्रित भएको बताइएको छ।
एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल रोम र मिलानको भ्रमणमा गएको थियो। भ्रमण भदौ १७ गतेदेखि २३ सम्म भएको थियो। सोही भ्रमणका क्रममा बैठक सम्पन्न भएकभो हो।
नेपालले रोम चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र मिलान चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीसँग गरेको यो नै पहिलो भेट मानिन्छ। दुवै इटालियन संस्था व्यावसायिक सहयोगका लागि प्रख्यात छन्।
भेटमा रोमस्थित नेपालका लागि सम्मानित महावाणिज्यदूत पाओलो नुगारीसँग छलफल भएको थियो। उनले इटाली सरकारले एनआईसीसीलाई मान्यता दिलाउन सहयोग गर्ने प्रतिज्ञासमेत गरे।
नेपालको एक निजी संस्थाद्वारा मिलान चेम्बर अफ कमर्स (प्रोमोस इटालिया)सँगको पहिलो बैठकमा विभिन्न रूपमा एनआईसीसीलाई सहयोग गर्न आफ्नो प्रयास रहने बताइएको छ।
ऐतिहासिक भेटवार्तासँगै नेपाल र इटालीबीचको सम्बन्धको आधिकारिक सुरुवातको रूपमा एनआईसीसीआईका लागि इटालियन बिजनेस ल्यान्डस्केपको ढोका खुला भएको छ। साथै एनआईसीसीआईले दुई राष्ट्रबीचको व्यापारिक सहकार्य र अवसरहरूको नयाँ युगको सुरुवात गर्न तयार रहेको जनाएको छ।


