काठमाडौं– सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर सोमबार १ असोजमा बन्द हुने भएका छन्। सो दिन विश्वकर्मा पूजा भएकाले आय संकलन काउन्टर बन्द हुने प्राधिकरणले जनाएको हो।
वास्तु दिवस भनिने विश्वकर्मा पूजाको दिन मेसिनरी पार्टपुर्जा पुज्ने चलन छ।
विभिन्न औचारका सामानमा पूजा गरे धेरै समय टिक्ने, कामको बेला नबिग्रिने र राम्रो काम गर्न सकिनेलगायतका गुण प्राप्त हुने धार्मिक विश्वास छ। प्राधिकरणका अनुसार विद्युत् प्राधिकरणको कार्यालय भित्र रहेको विश्वकर्मा मन्दिरमा १ असोजका दिन पूजा गरिनेछ।


