विराटनगर- जिल्ला प्रशसन कार्यालय मोरङले विराटनगरमा दुई महिनाका लागि निषेध आदेश जारी गरेको छ। मुख्यमन्त्री कार्यालय र प्रदेशसभा आसपासको क्षेत्रमा दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा गरिएको हो।
संविधान दिवसको दिन पारेर पहिचान पक्षधरले प्रदर्शनको तयारी गरेपछि मोरङ प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो।
निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारी साधनको आवतजावतमा रोक लगाइएको छैन। तर सभा, जुलुस, भेला, ज्याली, धर्ना जस्ता कार्यहरु गर्न निषेध गरिएको जनाएको छ।
मोरङ प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले आदेशको उल्लंघन गरे कारबाही गर्ने चेतावनी दिएका छन्।
निषेधित क्षेत्र कायम गरिएका स्थानहरु:
क) प्रदेश सभा – पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक क्षेत्र,
ख) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोक देखि दक्षिण जतुवा चौक क्षेत्र,
ग) मुख्यमन्त्री निवास वरिपरि ३०० मिटर क्षेत्र,
घ) प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटर क्षेत्र,
(ङ) जिल्ला प्रशासन कार्यालय, मोरङ डाँफे चोकदेखि पूर्व ।



