काठमाडौँ- नेपाली रुपैयाँ अमेरिकी डलरसँग हालसम्मकै कमजोर बनेको छ। लगातार डलरको भाउ बढेसँगै नेपाली रुपैयाँ कमजोर बनेको हो।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी विनिमय दरअनुसार, एक डलर किन्नका लागि नेपाली १३३ रुपैयाँ ५४ पैसा तिर्नुपर्छ। त्यस्तै राष्ट्र बैंकले १ रुपैयाँ किन्न परे १३२ रुपैयाँ ९४ पैसा दिने उल्लेख गरेको छ।
पछिल्लो एक वर्षदेखि अमेरिकी डलरको भाउ उतारचढाव आइरहेको छ। अमेरिकी डलरको भाउ बढेसँगै नेपालमा पनि त्यस्को प्रत्यक्ष असर पर्ने देखिन्छ। अन्तर्राष्ट्रिय रुपमा डलरको भाउ बढ्दा नेपाली बजार मूल्य अझै बढ्ने देखिएको हो।
