काठमाडौं- नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाउँदै आएको १२ करोडको सीमा वृद्धि गरेको छ। सर्कुलर जारी गर्दै राष्ट बैंकले संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड कायम गरेको हो।
व्यक्तिगत रुपमा यस्तो कर्जा लिँदाको क्याप भने १५ करोड रुपैयाँ पर्याइएको सर्कुलरमा उल्लेख छ।
अब सेयर धितो राखेर व्यक्तिगत कारोबारीले समग्र बैंकिङ प्रणालीबाट १५ करोड रुपैयाँसम्म कर्जा लिन पाउने छन्। त्यसैगरी संस्थागत लगानीकर्ताको हकमा यो सीमा २० करोड कायम गरिएको हो। यसअघि व्यक्तिगत र संस्थागत दुवैतर्फ १२ करोडको सीमा थियो।


