२०८३ कार्तिक २४ गते सोमबार

त्यसैले खाँचो छ इजरायल र प्यालेस्टाइनबीच शान्तिवार्ता

 |  ओसामा अल सरिफ
Sanket

ओसामा अल सरिफ

काठमाडौँ, असोज २४
isreal155
इजरायली हवाई आक्रमणबाट भएको विस्फोटपछि निस्किएको ज्वाला। तस्बिर : एएफपी

७ अक्टुबरमा हमासले गरेको अनपेक्षित आक्रमणले दक्षिणी इजरायलमा ठूलो संख्यामा सर्वसाधारण तथा सैनिक मारिएका छन्। महिला र बालबालिकासहित सयौं बन्दी बनाइएका छन्। एकातर्फ यो आक्रमणको चौतर्फी निन्दा भइरहेको छ। अर्कोतर्फ, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको खस्कँदो राजनीतिले जीवनदान पाएको छ।

पक्कै पनि यो आक्रमणले इजरायलको छवि र प्रतिरोध गर्न सक्ने सामर्थ्यमा ठूलो धक्का पुर्‍याएको छ। तर शोकबाट उठ्न नपाउँदै इजरायलले आफ्ना सैनिक परिचालन गरेको छ। रिजर्भमा राखिएका सयौं सेनालाई बोलाएको छ। र, हमासविरुद्ध युद्ध घोषणा गरेको छ।

अमेरिका र पश्चिमा मुलुकले पनि आत्मरक्षाका लागि भन्दै ठूलो सैन्य अभियान चलाउन इजरायललाई ग्रिन सिग्नल दिए।

घेराबन्दीमा परेको गाजापट्टीमा इजरायलले आक्रमण गरेको यो पहिलोपटक भने होइन। यसअघि पनि उसले धेरैपटक आक्रमण गरिसकेको छ। हरेक पटक त्रासद आक्रमणमा सयौं सर्वसाधारण, महिला र बालबालिका मारिएका छन्। र, हरेक पटक दुवै पक्षबीच कुनै उपलब्धि बिना युद्ध रोक्ने सहमति भएको छ। युद्धमा मारिएका सर्वसाधारण र मरेर बाँचेकाहरू केवल निम्छरो सावित भएका छन्।

शतप्रतिशत क्षति
इजरायल प्यालेस्टाइन द्वन्द्वको पूर्ण सन्दर्भलाई नकोट्ट्याई पछिल्लो रक्तपातपूर्ण चक्रको विश्लेषण गर्न सकिन्न। यो शृंखला ७ अक्टुबरमा सुरु भएको थिएन र बन्दुकहरु शान्त नभएसम्म यो द्वन्द्व पनि अन्त्य हुनेवाला छैन। यसबीच केही हुनेछ भने त्यो अकल्पनीय म्याग्निट्युडको मानवीय क्षति मात्रै होइन।

हजारौं प्यालेस्टाइनी सर्वसाधारण मारिनेछन्। घेराबन्दीमा परेको गाजामा युद्ध चलिरहेको छ, २२ लाख प्यालेस्टाइनी बस्ने यो चापाचापयुक्त ठाउँमा क्षतिबाहेक अरु केही हुनेवाला छैन।

इजरायलको आत्मरक्षाको सोचलाई पनि यस सन्दर्भमा जोड्नुपर्ने हुन्छ। हमास अस्तित्वमा आउनुअघि नै दशकौंदेखि इजरायल र प्यालेस्टाइनीबीच युद्ध चलिरहेको थियो।

गाजामा भइरहेको आक्रमणलाई दुनियाँले अनौठो मानेर हेरिरहेको छ र केही पश्चिमा सरकारहरु इजरायललाई ऐक्यबद्धता जनाइरहेका छन्। जनमत ध्रुवीकृत छ।

इजरायलले प्यालेस्टाइनमा आफ्नो कब्जा अन्त्य गर्नुपर्ने र दुईदेशीय समाधान अख्तियार गर्नुपर्ने अन्तर्राष्ट्रिय आह्वानलाई वर्षौं नकार्‍यो। उसले अन्तर्राष्ट्रिय सहमति, कानुन र सम्झौताविपरीत प्यालेस्टाइनीहरुलाई दमन गरिरह्यो।

इजरायलसँग नै शान्ति सम्झौता गरेको प्यालेस्टाइनी अथोरिटी (पीए) लाई कमजोर बनाउने काम मात्रै गर्‍यो। र, यसका बाबजुद इजरायलले पश्चिमा देशमा आफूलाई माफी दिने र आफ्नो पक्षमा लाग्नेहरु भेटिरह्यो, उनीहरुले जब संकट आउँछ, तब इजरायलको पक्ष लिन्छन्।

पश्चिमा सरकारहरुले इजरायली न्यारेटिभलाई निर्विवाद तथ्यका रुपमा लिनु पनि उदेकलाग्दो छ। यति हुँदा पनि ती पश्चिमा सरकारहरुले प्यालेस्टाइनीका समस्या र त्यसको अन्त्यबारे उल्लेख गरेनन्।

दशकौं पुरानो नीतिको उपज
गाजापट्टी झन्डै १८ वर्षदेखि इजरायलको घेराबन्दीमा छ। यहाँका मानवीय, समाजिक र आर्थिक सुचकांकहरु भयावह छन्। इजरायलको दण्ड र एक देशीय नीतिका कारण प्यालेस्टाइनी युवाहरु डिप्रेसन र अतिवादमा छन्। यसलाई हामीले दशकौं पुरानो इजरायली नीतिको उपजका रुपमा लिइरहेका छौं।

गाजास्थित जेबालिया शरणार्थी शिविरमा इजरायलले हवाइ आक्रमण गरेपछि शव निकाल्दै प्यालेस्टाइनी पक्ष। तस्बिर : एपी

द्वन्द्वमा सर्वसाधारण मुछिनु दुखद् हो। तर, इजरायल–प्यालेस्टाइन द्वन्द्वका कारण यो नियति बनेको छ। दुवैतर्फका अतिवादीहरुका कारण धेरै निर्दोष इजरायली र प्यालेस्टाइनीले ज्यान गुमाएका छन्। अतिवादीहरुकै कारण शान्तिको बाटो अवरुद्ध छ। हिंसाको यो पछिल्लो चक्रले दशकौं लामो द्वन्द्व अन्त्य हुन्छ भन्नु जति साधारण छ, उति नै डरलाग्दो पनि छ।

प्यालेस्टाइनमाथिको कब्जा अन्त्य गर्न अस्वीकार गर्ने र प्यालेस्टाइनीलाई उनीहरुको भाग्य तथा अधिकारको फैसला गर्ने अनुमति नदिने इजरायलको नीतिले स्वतन्त्रताका लागि प्यालेस्टाइनीले गरेको संघर्ष रोक्न सक्दैन।

त्यहाँ सधैं स्वतन्त्रता खोज्ने पुस्ता जन्मनेछ, त्यसैले यसको समाधान राजनीतिक हो, सैन्य होइन।

मध्यपूर्व क्षेत्रमा राम्रो सम्बन्धसहितको देश बन्नका लागि इजरायलले प्यालेस्टाइनी जनतासँग शान्ति कायम राख्नैपर्छ, हमास वा अन्य समूहसँग होइन।

दुबैतर्फका जनताले शान्तिसँग बाँच्न पाउनुपर्छ। आफ्नो छिमेकमा बमको कार्पेट नै बिछ्याएपनि इजरायलले प्यालेस्टाइनीहरुको नामोनिशान मेट्न सक्दैन।

इजरायलको सेना यसको सही जवाफ होइन, प्यालेस्टाइनमाथिको उसको कब्जा र अमानवीय हर्कतले इजरायललाई अतिवादीहरुको नियन्त्रणमा जान सहयोग गरेको छ। त्यस्तै, हमास र अन्य सैन्य समूहहरुलाई प्यालेस्टाइनी न्यारेटिभ हाइज्याक गर्न सहयोग गरिरहेको छ।

दोहोरो चरित्र
गाजामा अहिले युद्धले सयौं प्यालेस्टाइनीहरुको ज्यान लिइसकेको छ। र, युद्ध बढ्दै जाँदा दुबै पक्षका जनताबीच थप विभाजन हुनेछ। त्यसपछि के हुन्छ? इजरायलले २२ लाख प्यालेस्टाइनीहरुलाई कब्जा गरिसकेपछि के गर्छ?

अझै कति जनाको ज्यान गइसकेपछि मात्रै विश्वले वास्तविक शान्तिबाट मात्रै विश्वास र अन्तर्राष्ट्रिय कानुन तथा सम्झौता स्थापित हुन सक्छ भनेर बुझ्नेछ र निर्णय लिनेछ। यो दोहोरो चरित्र अन्त्य हुनैपर्छ।

अन्त्यमा, शनिबारको आक्रमण पक्कै पनि इजरायलीहरुका लागि स्तब्धकारी र पीडादायी थियो। तर, गाजामाथि आक्रमण गरेर पीडितको घाउमा मल्हम लाग्नेवाला छैन। बरु यसले त अर्को पक्षतर्फ थप पीडितहरु सिर्जना गर्नेछ। ती व्यक्तिहरु मारिनेछन्, जसलाई हमास र उसको नीतिसँग केही लिनुदिनु छैन।

गाजामा भइरहेको आक्रमणलाई दुनियाँले अनौठो मानेर हेरिरहेको छ र केही पश्चिमा सरकारहरु इजरायलको साथमा रहेको बताइरहेका छन्। जनमत ध्रुवीकृत छ। इजरायलले यो युद्ध जित्नसक्ला। तर, उसले विश्वभरका जनताको सहानुभूति गुमाउनुपर्नेछ।

(अम्मानमा बस्ने ओसामा अल सरिफ पत्रकार तथा राजनीतिक टिप्पणीकार हुन्। यो लेख गल्फ न्युज डटकमबाट साभार गरिएको हो।)

प्रकाशित: २०८० असोज २४ गते बुधबार ०३:२८
प्रतिक्रिया

थप समाचार

सरकारले केरुङ–काठमाडौँ रेलमार्गलाई परिणाममुखी ढंगले अघि बढाउनुपर्छ

नेपालतर्फको रेलमार्गको लम्बाइ ७८.१ किलोमिटर हुने र प्रस्तावित मार्गको करिब ९६ प्रतिशत भाग सुरुङ तथा पुलमा पर्ने अनुमान गरिएको छ। नयाँ अध्ययनले यसको निर्माण लागत ४ खर्ब रुपैयाँभन्दा बढी हुने...

बीमा प्राधिकरणका अध्यक्षको जिम्मेवारीः कानूनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक

बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।

कानुनभन्दा माथि प्रधानमन्त्री पनि छैनन्: सुनकोशी–मरिण प्रकरणले उठाएका गम्भीर प्रश्न

कानुनी राज्यमा कार्यकारी शक्ति कानुनको अधीनमा रहन्छ। कानुन कार्यकारी इच्छाको अधीनमा होइन। यदि यो भ्रष्टाचारको नियतले गरे–गराइएको हो भने अख्तियार अवश्य नै सजग हुनुपर्छ।

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना