काठमाडौं- चालु आवको पहिलो दुई महिनामा नेपालबाट २३ अर्ब ३३ करोड रुपैयाँ शिक्षाका लागि मात्र बिदेसिएको छ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो गत आवको सोही अवधिको तुलनामा झन्डै दोब्बर हो।
गत आर्थिक वर्षको पहिलो दुई महिना (साउन–भदौ)मा शिक्षाका १२ अर्ब ७६ करोड रुपैयाँ विदेशिएको थियो।
शिक्षामा पुँजी पलायन हुँदा नेपालमा पर्यटकले गर्ने खर्च भन्दा नेपालबाट विदेश जाने नेपालीको खर्च बढी हुन थालेको छ।
भदौसम्म खुद सेवा आय २५ अर्ब ३४ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष सेवा आय १९ अर्ब २६ करोड रुपैयाँ मात्र घाटामा थियो।
यस वर्ष भ्रमण आय दुई महिनामा ९ अर्ब ३४ करोड रुपैयाँ मात्र छ। यो गत आवको यसै महिनाको तुलनामा ५३.९ प्रतिशत धेरै हो।
नेपालको भ्रमण व्यय ७६.५ प्रतिशतले वृद्धि भएको देखिएको छ। यस वर्ष खुद सेवा आयमा उच्च अंकको घाटा भएको देखिएको छ।


