काठमाडौँ- सरकारले मर्जर र एफपीओमा कर लगाउने निर्णय लागू हुँदा एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर संलग्न भएको छ। हिजो बिहीबार मर्जर र एफपीओमा कर असुल्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि कर उठाउने बाटो खुलेको थियो।
‘सर्वोच्चको निर्णय आएसँगै ११ अर्ब ३ करोड रुपैयाँ कर संकलन भएको छ,’ मन्त्रालयले भनेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्ष २०८०/०८१ को आर्थिक विधेयकमा एफपीओ र मर्जरको आयमा कर लाग्ने व्यवस्था गरेका थिए।
संवैधानिक व्यवस्थाविपरीत भूतप्रभावी कानुन ल्याएर लगानीको वातावरण बिगारेको भन्दै उक्त व्यवस्था खारेज गर्न माग गर्दै १६ वाणिज्य बैंक गत भदौ २९ गते सर्वोच्च अदालत पुगेका थिए।
सरकारको उक्त निर्णय विरुद्ध परमादेश माग गर्दै बैंकर र बीमकले सर्वोच्चमा रिट दायर गरेका थिए। यसरी सरकारले कर उठाउन पाएको अवस्थामा सरकारले करिब ४० अर्ब रुपैयाँ कर अनुमान अर्थ मन्त्रालयको छ।


