२०८३ कार्तिक २४ गते सोमबार

सङ्क्रमणकालीन न्यायको विषयबारे सहमति हुन नसके प्रक्रियामै गएर टुङ्ग्याउनुपर्छ

 |  रमेश लेखक
Sanket

रमेश लेखक

काठमाडौँ, माघ २८
ramesh lekhak

महेन्द्रनगर (कञ्चनपुर)- सांसदहरू कानुन निर्माणमा भन्दा निर्वाचन क्षेत्रको विकासमा बढी केन्द्रित हुने गरेका छन्। हामीले चुनावमा जाँदा मतदातामाझ कानुन तथा नीतिका कुरा नभएर विकासका मुद्दा अघि सारेर चुनाव लड्ने गरेका छौँ। सबै सांसदको समस्या यही हो। चुनावमा जाँदा जनताले विकासका कुरामात्र गर्छन्। हामी पनि उनीहरूसँग विकासको प्रतिबद्धता बढी मात्रामा व्यक्त गरिरहेका हुन्छौँ। सांसद भएर आइसकेपछि संसद्मा पनि विकासकै विषयमा चासो र रुचि हुनु स्वाभाविक हो। सांसदले कानुन र विकासका काम एकसाथ गर्नुपर्छ।

म पहिलोपटक सांसद हुँदादेखि हालसम्म कानुन बनाउने कुरामा नै बढी केन्द्रित भएको छु। कानुन बनाउनतर्फ बढी लाग्ने गरेकाले पनि आफ्नो निर्वाचन क्षेत्रमा खटिन त्यति भ्याएको छैन। अहिले नेपाली काग्रेसको प्रमुख सचेतक भएपछि त संसद्भित्र नै बढी व्यस्त रहने गरेको छु।

संसद्लाई बढीभन्दा बढी प्रभावकारी बनाउने विषय सरकारमाथि निर्भर हुन्छ। किनभने हाम्रो पद्धतिमा संसद्लाई कार्यबोझ (बिजनेस) दिने पनि सरकारले नै हो। अनि सरकारले संसद्का कुरा सुनिदियो भनेमात्र प्रभावकारी हुने हो। होइन भने संसद् निस्क्रियजस्तो देखिन्छ। त्यसका लागि पहिलो जिम्मेवार सरकार नै हुनुपर्छ। दोस्रो जिम्मेवारी संसद्को हो। संसद्ले पनि सरकारलाई आफ्नाप्रति उत्तरदायी बनाउनु पर्छ। संसद् जनताप्रति उत्तरदायी बन्नुपर्छ।

अहिले सरकारका पनि कमी–कमजोरी छन्। मैले पनि ती कुरा स्वीकार्नु पर्छ। सरकारले संसद्लाई बढीभन्दा बढी प्रभावकारी बनाउन सकेको छैन। सरकारले सांसदले उठाएका कुरा त्यति सम्बोधन गरेको पाइएन। बढीभन्दा बढी कानुन बनाउने गरेर विधयेक पनि दिइराखेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्लाई बढीभन्दा बढी प्रभावकारी बनाउन अगाडि बढ्छु भनेका छन्। चालु अधिवेशनमा हेरौँ सरकारले के गर्छ?

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने विषय पनि संसद्मा थाँती नै छ। सत्र वर्ष भइसक्यो सङ्क्रमणकालीन न्यायको कुरा गर्न थालेको। हामी अहिले पनि यसमै अल्झिराख्या छौँ। २०७१ मा ऐन बनायौँ। त्यो ऐनमा भएका केही महत्त्वपूर्ण व्यवस्थालाई सर्वोच्च अदालतले खारेज गरिदिएका कारण निस्प्रयोजनजस्तै भयो। आयोगहरूले काम नै सकेनन्। अर्को ऐन बनाउने भनेको पनि आठ वर्ष बितिसक्यो। सहमतिमा बनाउने प्रयास गरिरहेका छौँ। तर सहमति जुट्न सकिरहेको छैन। यसपटक पनि खास गरेर मुख्य प्रतिपक्षी दल नेकपा (एमाले)सँग बाहिर बस्दा सबै विषयमा सहमति भइसकेको हो। तर फेरि विभिन्न राजनीतिक कुराले अल्झिराखेकै अवस्था छ। यसपालि संसद्को समितिमा एउटा राम्रो सहमति भएको छ। सकेसम्म सहमतिमा टुङ्ग्याउने, सहमति हुँदैन भने पनि प्रक्रियामा गएर टुङ्ग्याउने कुरो भएको छ। यो विषय टुङ्ग्याउन प्रधानमन्त्रीलगायत सबैले प्राथमिकता दिएका छन्। त्यो स्वाभाविक पनि हो। म त १७ वर्षदेखि यही काममा लागेको छु। अब त प्रक्रियामा गएर पनि टुङ्ग्याउनुपर्छ।

सुदूरपश्चिम भौगालिकरूपले पहिला अलि जटिल थियो। काठमाडौँबाट पनि टाढा। बजेटमा पनि त्यति धेरै नसमेटिने। विकास निर्माणका काम पनि कम हुने। आर्थिक र शैक्षिकरूपले पनि पछाडि नै परेको स्थिति थियो। हामीले यहाँका थोरै सम्भावना पहिचान गर्ने प्रयास गर्यौँ। कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ सबैभन्दा बढी सम्भावना भएको क्षेत्र हो। हाम्रो भारतसितको स्थायी नाका छैन। यो ठाउँ कस्तो छ भने अहिले संसारकै ठूलो अर्थतन्त्रका रूपमा अगाडि बढिरहेका दुई छिमेकी मुलुक भारत र चीनका महत्त्वपूर्ण ठाउँहरू यहाँदेखि सबैभन्दा नजिक पर्छन्।

भारतको राजधानी दिल्ली तथा ठुल्ठूला औद्योगिक करिडोर, बढी जनसङ्ख्या भएका प्रान्त, पर्यटकीय सम्भावना बढी ठाउँ, ठूला सहर कञ्चनपुरबाट सबैभन्दा नजिक पर्छन्। उत्तरतर्फ जो–कोही हिन्दू धर्मावलम्बीले एकपटक पुग्नैपर्ने कैलाश मानसरोवर र कैलाश पर्वत यहाँबाट नजिक पर्छ। कैलाश मानसरोवर बुद्ध धर्मावलम्बीको पनि पवित्र स्थल मानिन्छ। यसकारण यहाँको सबैभन्दा ठूलो सम्भावना दुई देशलाई जोड्ने नाका नै हो। उत्तरतिर चीन जोड्ने नाका खोल्ने र दक्षिणतिर भारत जोड्ने नाका।

मैले राजनीति गर्न थालेको सुरुआतदेखि नै त्रिदेशीय नाकाको मुद्दा उठाउँदै आएको छु। यसबाट सुदूरपश्चिमसँगै मुलुककै आर्थिक समृद्धिमा सहयोग पुग्छ। सोहीअनुसार हामीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनाउने कुरामा जोड दियौँ। भारतसित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा सहमति पनि भइसक्यो। सुक्खा बन्दरगाह बोलपत्रको प्रक्रियामा जाँदैछ। महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण सम्पन्न हुनै लागेको छ। यता चीनसँग जोड्न महाकाली करिडोरको काम पनि तीव्रगतिमा भइरहेको छ। केही समयअघि मात्रै डडेल्धुरासम्मको ट्रयाक खुलेको छ। यसलाई सँगसँगै स्तरोन्नति गर्दै लैजानुपर्छ। यस वर्ष कञ्चनपुरबाट डडेल्धुरासम्म ट्रयाक खुल्यो। अर्को वर्ष बैतडीसम्म ट्रयाक खोल्नुपर्छ। अनि बैतडीबाट दार्चुला जोड्ने गरेर तीन वर्षभित्र काम सक्नुपर्छ। कञ्चनपुरबाट करिडोरको बाटो जानसक्ने स्थिति बनाउनुपर्छ। त्यसलाई चीनसित जोड्ने कुरालाई अगाडि बढाउनैपर्छ। यता भारतसित जोड्ने पनि यो पहिलो प्राथमिकतामै छ।

चीन र भारतसित त्रिदेशीय नाकाका माध्यमबाट जोड्ने विषयमा भारतसित कुराकानी गर्ने, सहमति बनाएरै सुक्खा बन्दरगाह भारतले बनाउने भनेको छ। केही समयअघि भारतीय परराष्ट्रमन्त्री एस जयशङ्कर नेपाल आउँदा दुवै देशले संयुक्तरूपले सुक्खा बन्दरगाहको डिपिआर तयार गर्ने सहमति भइसकेको छ। भारतले आफ्नो भूमिबाट सुक्खा बन्दरगाह जोड्ने सडक निर्माण जारी राखेको छ। यस विषयमा चीनसित औपचारिकरूपमा कुराकानी नभए पनि अनौपचारिकरूपले चिनियाँ दूतावासका अधिकारीसित पटक–पटक कुरा गर्दै आएको छु।

यसैगरी कैलालीको गेटालाई चिकित्सा विश्वविद्यालय बनाउने विषय सुदूरपश्चिमको अर्को महत्त्वपूर्ण विषय हो। यो मुद्दा अहिले राष्ट्रियसभामा विचाराधीन छ। त्यो राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा आउँछ। त्यो विषयलाई प्रतिनिधिसभाबाट चाँडोभन्दा चाँडो पारित गरेर विश्वविद्यालयको दर्जा दिनुपर्छ। यसमा दिनरात म प्रयासरत छु।

दोधारा चाँदनीलाई मूलधारमा जोड्दाको सकस गजबको छ। २०५६ मा निर्वाचन जितेपछि मैले महाकाली नदीमा झोलुङ्गे पुल बनाउनुपर्छ भन्दा त्यतिबेला धेरै मानिसले पत्याएका थिएनन्। मलाई सम्झना छ। महाकाली नदीमा झोलुङ्गे पुल बनाउने कुरा गर्दा त्यतिबेलाका सांसदहरूको सोचाइमा झोलुङ्गे पुल त पहाडका स–साना खोलामा मात्रै बन्छ भन्ने थियो। दोधारा चाँदनीस्थित महाकाली नदीमा झोलुङ्गे पुल म २०५६ सालमा सांसद हुँदा प्रारम्भ भएको हो। सुरुमा उक्त विषयका लागि नै संसद्मा बोलेको थिएँ। आज दोधारा चाँदनीमा यातायात, सुक्खा बन्दरगाह, सडक, शिक्षा, स्वास्थ्य, विभिन्न पूर्वाधारलगायत विकासका काम चलिरहेकै छन्। कुनै बेला प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययनमात्रै हुने कञ्चनपुरमा अहिले घरआँगनमै विद्यावारिधिसम्मको पठनपाठन हुँदैछ।

सांसद रमेश लेखकको परिचय

प्रतिनिधिसभा निर्वाचन २०७९ मा कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका रमेश लेखक पार्टीका लोकप्रिय नेता हुन। उनी पहिलोपटक २०५६ सालको आम निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। २०६४ मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा पनि नेता लेखक पार्टीबाट समानुपातितर्फ संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। उनी २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा कञ्चनपुरबाटै विजयी भएका थिए। सांसद लेखकले २०५१ सालपछि लामो समय कांग्रेस कञ्चनपुरको सचिवको भूमिका निर्वाह गरे। सांसद लेखकले पहिलोपटक २०६३ सालमा गठित सरकारमा श्रम तथा यातायातमन्त्री र २०७३ सालमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका रूपमा काम गरे। सांसद लेखक दुईपटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भए। उनी २०७९ सालदेखि हालसम्म कांग्रेसको प्रमुख सचेतकको भूमिका निर्वाह गर्दै आका छन्। नेता लेखकले तत्कालीन विद्रोही नेकपा (माओवादी)लाई वार्तामा ल्याउन गठित सरकारी वार्ता टोलीको सदस्यका रूपमा पनि भूमिका निर्वाह गरेका थिए। २०७२ मा जारी नेपालको संविधान बनाउन सांसद लेखकले कांग्रेसका तर्फबाट नेतृत्वदायी भूमिका खेलेका थिए। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसँग राससका समाचारदाता शेरबहादुर सिंहले गरेको कुराकारीको सम्पादित अंशः

प्रकाशित: २०८० माघ २८ गते आईतबार ०९:३४
प्रतिक्रिया

थप समाचार

सरकारले केरुङ–काठमाडौँ रेलमार्गलाई परिणाममुखी ढंगले अघि बढाउनुपर्छ

नेपालतर्फको रेलमार्गको लम्बाइ ७८.१ किलोमिटर हुने र प्रस्तावित मार्गको करिब ९६ प्रतिशत भाग सुरुङ तथा पुलमा पर्ने अनुमान गरिएको छ। नयाँ अध्ययनले यसको निर्माण लागत ४ खर्ब रुपैयाँभन्दा बढी हुने...

बीमा प्राधिकरणका अध्यक्षको जिम्मेवारीः कानूनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक

बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।

कानुनभन्दा माथि प्रधानमन्त्री पनि छैनन्: सुनकोशी–मरिण प्रकरणले उठाएका गम्भीर प्रश्न

कानुनी राज्यमा कार्यकारी शक्ति कानुनको अधीनमा रहन्छ। कानुन कार्यकारी इच्छाको अधीनमा होइन। यदि यो भ्रष्टाचारको नियतले गरे–गराइएको हो भने अख्तियार अवश्य नै सजग हुनुपर्छ।

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना