२०८३ कार्तिक २२ गते शनिवार

बजेटमा विकृति : विकास खर्च र रकमान्तर बराबर!

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख १
mof
अर्थ मन्त्रालय।

काठमाडौँ- सरकारले बजेट अनुशासन पालना नगर्दा खर्च प्रणालीमा गम्भीर विचलन देखिएको महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ। बजेट खर्च गर्ने शैलीमा विकृति बढ्दै गएको उल्लेख गर्दै महालेखाको प्रतिवेदनले सरकारको रकमान्तर प्रवृत्ति र वर्षान्त खर्चबारे गम्भीर प्रश्नसमेत उठाएको हो।

गत आर्थिक वर्ष २०७८/०७९ मा सरकारले पुँजीगत खर्चकै हाराहारीमा रकमान्तर गरेको देखिन्छ। गत आर्थिक वर्षमा सरकारको कुल पुँजीगत खर्च २ खर्ब १६ अर्ब बराबर थियो। जबकि, सरकारले विभिन्न योजना तथा कार्यक्रमका लागि गरेको रकमान्तर मात्रै २ दुई खर्ब हाराहारीमा छ। गत आर्थिक वर्षका लागि सरकारले १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाखको बजेट ल्याएको थियो। सोमध्ये रू १ खर्ब ९६ अर्ब ४१ करोड ४८ लाख ८४ हजार अर्थात कुल बजेटको १२ दशमलव ०३ प्रतिशत रकमान्तर भएको देखिन्छ।

सरकारले ठूलो मात्रामा गरेको रकमान्तरमध्ये अधिकांश रकम आर्थिक वर्ष सकिने बेला अर्थात असारमा भुक्तानी दिइएको छ। ‘गत असार महिनामा रू ८२ अर्ब ८० करोड ६७ लाख ८५ हजार र असारको अन्तिम हप्तामा मात्र रू २६ अर्ब ९९ करोड ६९ लाख ९१ हजार बराबर रकमान्तर भएको देखिन्छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ।

सरकारले गत वर्ष अर्थ विविध शीर्षकमा मात्रै एकमुष्ठ रू ८८ अर्ब ७० करोड ७२ लाख बराबर विनियोजन भएको थियो तर रकमान्तर गर्दा सरकारले विभिन्न बजेट उपशीर्षकबाट रू १५ अर्ब ७२ करोड ८१ लाख रकम चलाएको देखिन्छ। त्यस्तै, वार्षिक बजेटमा राखिएका शीर्षक बाहेक थप रू ७९ अर्ब ४६ करोड ८४ लाख बराबर रकमान्तर भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

वार्षिक विनियोजन ऐन तथा बजेट वक्तव्यमै नपरेका र बजेट खर्च नै गर्न नसक्ने आयोजना तथा कार्यक्रमसमेतमा सरकारले रकमान्तर गरेको छ। ‘बजेट खर्च हुननसक्ने अवस्थामा पनि विभिन्न बजेट उपशीर्षकमा रकमान्तर हुने गरेको देखिएको छ भने वार्षिक विनियोजनमा बजेट शीर्षक नै नराखिएका विभिन्न १० वटा कार्यक्रममा रकमान्तर भएको छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘शुरु बजेट विनियोजन नभएको कार्यक्रममा रकमान्तरबाट थप गरी खर्च गर्नु बजेट सिद्धान्तअनुरूप देखिँदैन।’

गत आर्थिक वर्षमा सरकारले विभिन्न १० वटा योजना तथा कार्यक्रमका लागि रू दुई अर्ब ९७ करोड ११ लाख ११ हजार बजेट रकमान्तर गरेको देखिन्छ। जसमध्ये ती योजना र कार्यक्रमको वास्तविक खर्च भने रू दुई अर्ब २३ करोड ३९ लाख ७३ हजार बराबर छ।

वर्षान्तमा हुने खर्चबारे पनि महालेखाले प्रश्न उठाएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा एक साता अगावै सबै कोष तथा लेखा नियन्त्रक कार्यालयले खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने हुन्छ। तर गत असार महिनाको अन्तिम साता मात्रै करिब एक खर्ब बराबर बजेट निकासा दिइएको छ।

‘आर्थिक वर्ष २०७८/०७९ को असार महिनामा मात्रै रू दुई खर्ब ७५ अर्ब नौ करोड २५ लाख अर्थात वर्षभरिको कुल खर्चको २१ प्रतिशत असारमा मात्रै खर्च भएको देखिन्छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘असारमा खर्च भएको रकममा पनि अन्तिम हप्तामा मात्र रू ९८ अर्ब ९९ करोड ७१ लाख ८१ हजार अर्थात कुल खर्चको सात दशमलव ५६ प्रतिशत खर्च भएको छ।’

प्रकाशित: २०८० बैशाख १ गते शुक्रबार ०९:४४
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना