२०८३ कार्तिक २४ गते सोमबार

स्थिरता र समृद्धिका लागि ‘मिसन ८४’

 |  सराज अहमद फारुकी
Sanket

सराज अहमद फारुकी

काठमाडौँ, बैशाख ११
MP Faruki

देश विकासका लागि सत्ता परिवर्तन भइराख्नु राम्रो हुँदैन भन्ने हामी सबैले बुझेकै हो। व्यक्तिगत स्वार्थभन्दा पनि राष्ट्रको हितका लागि सबैले सोच्नुपर्छ। राजनीतिकर्मी होस् वा नागरिक सबैले यो तरिकाले सोच्नुपर्ने हो। स्थिर सरकार नभएकाले नै कानुन निर्माणमा अप्ठ्यारो भएकाले हामी ‘मिसन ८४’ को साथ अघि बढिरहेका छौँ।

सरकार छिटोछिटो परिवर्तन भएकाले नै संसदीय अभ्यास पनि राम्रो हुन सकेको छैन। थुप्रै ऐन कानूनहरु बन्नै बाँकी छन्। कानून निर्माण प्रक्रियामा ढिलासुस्ती भएको छ। कानूनी राज्य स्थापित गर्नमा सरकारको भूमिका महत्वपूर्ण छ तर सरकार परिर्वतन मात्र भएकाले हुन सकेको छैन। सत्ता परिवर्तन खेलकै कारणले कमजोरी देखिएको छ।

काम गर्ने माहोल जुन बन्नुपर्ने हो, त्यो हुन सकेको देखिँदैन। जसरी संविधान सबै दलहरुले मिलेर बनाएका छन्, त्यसरी नै संसदमा पनि मिलेर प्रस्तुत हुन सकेको देखिँदैन। कानून बनाउनमा सबैजना मिलेर जानुपर्छ। सबै पार्टी मिलेर देश विकासमा गम्भीर भएर लाग्नुपर्छ। विकास निर्माणमा भन्दा पनि कानून निर्माणमा सांसदहरुको भूमिका बढी हुनुपर्छ।

मेरो क्षेत्रमा विशेषगरी सिँचाइको समस्या छ। स्थानीयवासीले खेती किसानीका लागि मलखाद तथा बिउबिजन समयमा पाइरहेका हुँदैनन्। छिमेकी राष्ट्र भारतको सबैभन्दा नजिकको सीमाना कृष्णनगरमा सरकारको ध्यान जान सकेको छैन। त्यहाँबाट धेरै पर्यटकहरु आउन सक्छन्। रेलवे स्टेशन नजिकै छ। त्यहाँ न अध्यागमन विभाग छ, न सुख्खा बन्दरगाहको व्यवस्था नै।

यसले गर्दा त्यो प्रदेश नै विकासबाट बञ्चित जस्तो देखिन्छ। यस विषयमा मैले पटक–पटक सदनमा पनि उठाउँदै आएको कुरा हो। यो विषय उक्त क्षेत्र तथा प्रदेशको लागि मात्र होइन, राष्ट्रको लागि पनि महत्वपूर्ण कुरा हो।

युवाहरुको विदेश पलायन अहिलेको अवस्थामा निकै गम्भीर समस्या हो। युवा पलायन राष्ट्रका लागि पक्कै राम्रो होइन। युवाहरुलाई विदेसिनबाट रोक्न सरकारले उत्पादनमूलक तथा विकासका कार्यक्रम ल्याउनुपर्छ। यसपालि उत्पादनमूलक कार्यक्रमहरु समेटेर बजेट आउने भन्ने विश्वास पनि लिएका छौँ।

यसले गर्दा त्यो प्रदेश नै विकासबाट बञ्चित जस्तो देखिन्छ। यस विषयमा मैले पटक–पटक सदनमा पनि उठाउँदै आएको कुरा हो। यो विषय उक्त क्षेत्र तथा प्रदेशको लागि मात्र होइन, राष्ट्रको लागि पनि महत्वपूर्ण कुरा हो।

हामी नेपालीहरुमा रहेको सबै काम छिटो भइहाल्नुपर्ने प्रवृत्तिले गर्दा पनि नियम तथा कानून पनि पालनातर्फ गम्भीरता देखाएको पाइँदैन। यसमा सरकार, राजनीतिक दलहरु मात्र नभई नागरिकहरुले पनि दायित्वबोध गर्नुपर्छ। राष्ट्र बनाउनेमा सरकारको मात्रै नभएर नागरिकको पनि उत्तिकै भूमिका हुन्छ। देशको समृद्धि नहुनुको मुख्य बाधा भनेको भ्रष्टाचार हो।

यसको न्यूनीकरण गर्नु सबैको दायित्व हो। देश विकासका लागि भ्रष्टाचारलाई जसरी पनि हटाउनै पर्नेछ। त्यसैले कुनै ठाउँमा भ्रष्टाचार वा विकृति देखिएको छ भने त्यसलाई रोक्ने जिम्मा सबैको हो। भ्रष्टाचार गरेको कहीँ कतै देखिए सम्बन्धित निकायलाई खबर गरिहाल्नुपर्छ।

म जुन पार्टीबाट प्रतिनिधित्व गर्छु त्यसको नेतृत्व केपी ओली शर्माले गर्नुभएको छ। उहाँप्रति जनताको ठूलो विश्वास छ। अहिले पनि गर्न सक्ने नेताको रुपमा उहाँ हुनुहुन्छ। देशलाई समृद्ध बनाउने कुरामा उहाँमा स्पष्ट ‘भिजन’ र आँट दुबै छ। त्यसैले स्थिरता र समृद्धिका लागि हामीले ‘मिसन ८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेका छाँै।

(सराज अहमद फारुकी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिसभा सांसद हुन्। सांसदसँग फारुकीसँग गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित: २०८१ बैशाख ११ गते मङ्गलबार ०३:५४
प्रतिक्रिया

थप समाचार

सरकारले केरुङ–काठमाडौँ रेलमार्गलाई परिणाममुखी ढंगले अघि बढाउनुपर्छ

नेपालतर्फको रेलमार्गको लम्बाइ ७८.१ किलोमिटर हुने र प्रस्तावित मार्गको करिब ९६ प्रतिशत भाग सुरुङ तथा पुलमा पर्ने अनुमान गरिएको छ। नयाँ अध्ययनले यसको निर्माण लागत ४ खर्ब रुपैयाँभन्दा बढी हुने...

बीमा प्राधिकरणका अध्यक्षको जिम्मेवारीः कानूनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक

बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।

कानुनभन्दा माथि प्रधानमन्त्री पनि छैनन्: सुनकोशी–मरिण प्रकरणले उठाएका गम्भीर प्रश्न

कानुनी राज्यमा कार्यकारी शक्ति कानुनको अधीनमा रहन्छ। कानुन कार्यकारी इच्छाको अधीनमा होइन। यदि यो भ्रष्टाचारको नियतले गरे–गराइएको हो भने अख्तियार अवश्य नै सजग हुनुपर्छ।

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना