२०८३ कार्तिक २४ गते सोमबार

उपनिर्वाचनले तय गर्ने कांग्रेसको बाटो

 |  डा कृष्णप्रसाद पौडेल
Sanket

डा कृष्णप्रसाद पौडेल

काठमाडौँ, बैशाख १२
dr krishna_prasad_paudel

सन् १९९० दशकका महान् समाजशास्त्री जिग्मेन्ट बौउमेनका अनुसार अवधारणाहरू पनि एक ठाउँबाट अर्को ठाउमा सरिरहन्छन्। अवधारणाहरू ज्ञान, विचार, मूल्य र मान्यताको आधारमा तय हुने गर्दछन्। नेपाली कांग्रेसले समयानुकुल अवधारणा निर्माण गर्न सकेन भने जुन दलले त्यस्ता अवधारणा निर्माण गर्छ त्यही पार्टीको पछाडि सहजै आकर्षित हुन्छन्।

अवधारणाहरू सामाजिक संजालमार्फत आउन् अथवा अन्य प्रचार-प्रसारका माध्यमबाट आउन्, त्यस्ता अवधारणाले विभिन्न समूहलाई प्रभाव पारिरहन्छ। यदि यो कुरालाई नेपाली कांग्रेसले समयमा नै आत्मसात गर्न सकेन भने यो उप-निर्वाचन नेपाली कांग्रेसको लागि घातकसिद्ध हुनेछ।

पहिलो दलको रूपमा स्थापित नेपाली कांग्रेसलाई गणितीय हिसाबले एक सिटमा विजय प्राप्त गर्दा १९ को २० पनि फरक पर्दैन। तापनि, वैशाख १५ गते हुने उपनिर्वाचन नेपाली कांग्रेसको लागि निकै महत्त्वपूर्ण छ। यसकव नतिजाले एकातर्फ नेपाली कांग्रेसले रणनीतिक रूपमा लिनुपर्ने आगामी मार्गचित्र र कार्यादेश तय गर्नेछ भने अर्कोतर्फ कांग्रेसको पक्षमा रहेको वर्तमान जनमत समेतलाई प्रष्ट्याउने निश्चितप्रायः छ। यसको साथै मत कसरी अवधारणाको आधारमा बग्ने रहेछ भन्ने कुरासमेत प्रष्ट हुनेछ। त्यसैले इतिहासको विभिन्न कालखण्डमा राजनीतिक नेतृत्व गरेको साथै राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको संवाहकको रूपमा समेत रहेको नेपाली कांग्रेसले यो उपनिर्वाचनलाई आफ्नो प्रतिष्ठासँग जोडेको छ।

प्रतिनिधि सभातर्फ इलाम-२ र प्रदेश सभातर्फ बझाङ (क) मा २०८१ वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। प्रतिनिधि सभाको एक सिटका लागि निर्वाचन हुन लागेको भए तापनि अन्तर्राष्ट्रिय समुदाय लगायत देशभरका राजनीतिक सरोकारवालाहरुको ध्यान यतिबेला इलाम–२ मा केन्द्रित रहेको छ। यो उपनिर्वाचन विशेषतः इलाममा पुराना र नयाँ दलहरुको शक्तिपरीक्षण गर्ने रणनीतिक थलोसमेत भएकाले निकै चासो र महत्त्वका साथ हेरिएको छ।

उपनिर्वाचनमा इलाममा ८ स्वतन्त्रसहित १९ जना चुनावी मैदानमा छन्। एमालेले पूर्वसभामुख सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ। उनलाई नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाले समर्थन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू केही समय अघिसम्म माओवादीनिकट पत्रकार थिए। उनी चुनावको केही दिनअघि मात्र रास्वपाको उम्मेदवार बनेका हुन्। पहिचान पक्षधर विभिन्न ४१ राजनीतिक शक्ति र संघसंस्थाको समर्थनमा डकेन्द्रसिंह लिम्बू थेगिम उम्मेदवार बनेका छन्। उनलाई जनता समाजवादी पार्टीको समेत समर्थन रहेको छ।

बझाङमा १० जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन। बझाङमा नेपाली कांग्रेसका तर्फबाट अभिषेकबहादुर सिंह, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र नेकपा एमालेका दमनबहादुर भण्डारीबीच कडा प्रतिस्पर्धा रहेको छ। स्मरण रहोस् अभिषेकबहादुर सिंह पार्टीको कामको सिलसिलामा सडक दुर्घटनामा ज्यान गुमाएका नेपाली कांग्रेसका तात्कालिन प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहका छोरा हुन्।

नेपाली कांग्रेसले इलामको लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई संजोजक तोकेको छ भने बझाङको लागि केन्द्रीय सदस्य एनपी साउदलाई। केन्द्रीय सदस्य तथा जिल्ला सम्पर्क समिति समन्वय विभाग प्रमुख नानु बास्तोलाको संयोजकत्वमा उपनिर्वाचन परिचालन सचिवालय गठन भएको छ। चुनाव प्रचार-प्रसारको जिम्मेवारी केन्द्रीय सदस्य तथा सूचना, सञ्चार तथा प्रसार विभाग प्रमुख मीन विश्वकर्मालाई दिइएको छ।

इलाममा प्रमुख प्रतिस्पर्धा नेपाली कांग्रेसका डम्बर खड्का, नेकपा एमालेका सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार लिम्बू र पहिचानवादीका डकेन्द्र सिंह लिम्बूबीच रहेको छ। इलाममा सुवास चन्द्र नेम्वाङले गत निर्वाचनमा ३० हजार २० मत प्राप्त गर्दा नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए। कांग्रेस उम्मेदवार डम्बर खड्का ४ मंसिर २०७९ को चुनावमा सुवास नेम्वाङसँग ११४ मतान्तरले पराजित भएका थिए।

बझाङ (क) मा नेपाली कांग्रेसका तात्कालिन उम्मेदवार स्वर्गीय पृथ्वी बहादुर सिंहले प्रत्यासी नेकपा एमालेका अफिलाल ओखेडा भन्दा ३ हजार ७७६ मत बढी ल्याएर विजयी भएका थिए।

इलाम-२ मा गत निर्वाचन भन्दा ५४७ थपिएर मतदाताको सङ्ख्या १ लाख १५ हजार ८८९ रहेको छ। अघिल्लो निर्वाचनमा सो क्षेत्रमा १ लाख १५ हजार ३४२ मतदाता थिए। बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ६३८ जना थप भई ६१ हजार ७४८ मतदाता कायम भएका छन्। गत निर्वाचनमा ६१ हजार ११० मतदाता रहेका थिए। नयाँ थपिएका युवा मतदातालाई कांग्रेसले आफूतिर आकर्षण गर्न आवश्यक छ।

चाहे कोभिडको महामारीको समयमा घर हिडेका इलामेलीलाई घर पुर्याउने काम होस् वा अस्पतालमा लगेर औषधि उपचार गर्ने काम अथवा स्थानीय तहको विकास निर्माण लगायत सामाजिक, आर्थिक विषयहरू हुन् इलामेली जनताको लागि डम्बर खड्का चिरपरिचित नाम हो। उनलाई स्थानीय जनमानसले दुखको साथिको रूपमा समेत चिन्ने गर्दछन्। बझाङका अभिषेक युवाका ढुकढुकी हुनुका साथै पार्टिको कामको सिलसिलामा बाबु-आमा दुवै गुमाएका युवा नेता हुन। उनमा युवा जोस, जाँगर र आत्मविश्वास समेत उच्च रहेको छ।

यो उपनिर्वाचन विशेषतः इलाममा पुराना र नयाँ दलहरुको शक्तिपरीक्षण गर्ने रणनीतिक थलोसमेत भएकाले निकै चासो र महत्त्वका साथ हेरिएको छ। https://www.nepalclicks.com/details/56018

उपनिर्वाचनमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरुले विभिन्न रणनीतिका साथ चुनाव लक्षित सक्रियता बढाएका छन्। उम्मेदवार विभिन्न प्रकारका सामाजिक, राजनैतिक र आर्थिक मुद्दा लिएर मतदाताको घरघरसम्म पुगेका छन्। उपनिर्वाचन नजिकिएसँगै उम्मेदवार प्रचारप्रसारलाई समेत तीव्रता दिएका छन्।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको तथ्यांक बमोजिम इलाममा २ मा ९ हजार ७४२ क्रियाशील सदस्य छन्। यस्तै बझाङमा ३ हजार ९२१ रहेका छन्। हरेक क्रियाशील सदस्यले कम्तीमा पनि आफ्नो मतबाहेक ३ मतको सुनिश्चितता गर्ने हो भने नेपाली कांग्रेस दुवै ठाउँमा अत्यधिक मतका साथ विजय हुने कुरामा कुनै दुईमत छैन। तर नेपाली कांग्रेसले सूचना प्रविधि र पार्टीको गतिविधिलाई प्रचार प्रसार गर्ने शैलिमा आएको जबर्जस्त परिवर्तनलाई आत्मसात गर्न आवश्यक छ।

०४८ यताका ७ संसदीय निर्वाचनमा ६ वटा निर्वाचन एमालेले जितेको छ। ०५१ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले जितेका थिए। ०४८ मा एमालेका मणिकुमार लिम्बूले निर्वाचन जितेका थिए। ०५६ यता भएका पाँच संसदीय निर्वाचनमा यस क्षेत्रबाट लगातार सुवासचन्द्र नेम्वाङले जितेका थिए।

प्रजातन्त्र आएको ३० वर्ष पुरा भैसक्दा पनि इलामेली जनताले पानि, बाटो, सिँचाई र बिजुली आजका प्रमुख आवश्यकता हुन् भन्दा केन्द्रीय राजनीतिमा सधै रजगज गरेका सुवास नेम्वाङले इलामेली जनताको आवाज सुन्दै नसुनेको आभाष हुन्छ। त्यहाँका नागरिकले बल्ल सेवा प्रवाह र सुशासनको कुरा उठाउन थालेका छन्। अतः उप- निर्वाचनमा नेपाली कांग्रेसले अधिक मात्रामा उठाउनु पर्ने विषय उद्यमशिलता तथा रोजगारी, आर्थिक विकास, सेवा प्रवाह र सुशासन कायम गर्न गरिने रणनीतिहरू प्रमुख रहेका छन्। र त्यही अनुरूप नेपाली कांग्रेसको प्रचार प्रसारको शैली समेत अपनाएको देखिन्छ यद्यपी यो येथेष्ठ रहेको छैन।

नेपाली कांग्रेसको गत फागुनमा सम्पन्न महासमिति बैठकमा महामन्त्री गगन कुमार थापाले प्रस्तुत गरेको विषय अब पर्यान्त नेपाली कांग्रेसले अन्य पार्टीको उम्मेदवारलाई भोट हाल्नु पर्ने छैन, नेपाली कांग्रेस अन्य दलहरूसँग गठबन्धन गर्दैन, नेपाली कांग्रेसले आम कार्यकर्ता र शुभचिन्तकलाई रूखमा मात्रै भोट हाल्ने अवसर प्रदान गर्दछ भन्नु भएको थियो। यो कुरालाई पुष्टि गर्दै नेपाली कांग्रेसलाई आम नागरिकको पार्टी बनाउने सुनौलो अवसर नेपाली कांग्रेसले प्राप्त गरेको छ। यो अवसरको नेपाली कांग्रेसले कत्तिको गर्न सक्यो भन्ने कुरा हेर्न नै बाँकी छ।

अन्त्यमा, तनहुँमा कांग्रेसले भोगेको पीडालाई मल्हम लगाउने अवसर इलामको उप-निर्वाचनले नेपाली कांग्रेसलाई दिँदैछ। अर्को अर्थमा भन्नु पर्दा तनहुँको क्षतिपूर्ति गर्ने असरको रूपमा समेत नेपाली कांग्रेस र यसको नेतृत्वले आत्मासात गर्न जरूरी छ। उप-निर्वाचनतर्फ इलामको नतिजाले नेपाली कांग्रेस नया उर्जा र उत्साहका साथ अगाडी बढने कि नबढने भन्ने कुराको निर्क्योल समेत गर्नेछ। पुस्तान्तरण र रूपान्तरणको मुद्दाबाट नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा उदाएका सम्पुर्ण नेताहरूको लागि यो समय अग्निपरीक्षा हो भन्दा समेत अन्यथा नहोला। त्यसैले, नेपाली कांग्रेसको युवा नेतृत्वले यो उप-निर्वाचनलाई अग्नि परिक्षाको रूपमा समेत लिएको छ। अर्को अर्थमा भन्नुपर्दा यो उपनिर्वाचन नेपाली कांग्रेसको प्रतिष्ठासँग समेत जोडिएको छ।

प्रकाशित: २०८१ बैशाख १२ गते बुधबार १०:४३
Sanket

डा कृष्णप्रसाद पौडेल

डा पौडेल नेपाली कांग्रेसका युवा नेता तथा ज्ञान व्यवस्थापन विज्ञ हुन्।
प्रतिक्रिया

थप समाचार

सरकारले केरुङ–काठमाडौँ रेलमार्गलाई परिणाममुखी ढंगले अघि बढाउनुपर्छ

नेपालतर्फको रेलमार्गको लम्बाइ ७८.१ किलोमिटर हुने र प्रस्तावित मार्गको करिब ९६ प्रतिशत भाग सुरुङ तथा पुलमा पर्ने अनुमान गरिएको छ। नयाँ अध्ययनले यसको निर्माण लागत ४ खर्ब रुपैयाँभन्दा बढी हुने...

बीमा प्राधिकरणका अध्यक्षको जिम्मेवारीः कानूनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक

बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।

कानुनभन्दा माथि प्रधानमन्त्री पनि छैनन्: सुनकोशी–मरिण प्रकरणले उठाएका गम्भीर प्रश्न

कानुनी राज्यमा कार्यकारी शक्ति कानुनको अधीनमा रहन्छ। कानुन कार्यकारी इच्छाको अधीनमा होइन। यदि यो भ्रष्टाचारको नियतले गरे–गराइएको हो भने अख्तियार अवश्य नै सजग हुनुपर्छ।

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना