काठमाडौँ- इलाम २ को पछिल्लो मतपरिणाम अनुसार नेपाल कांग्रेसले अग्रता कायमै राखेको छ। यद्यपि उसको अग्रता भने कम हुँदै गएको छ।
कांग्रेस उम्मेदवार डम्बर खड्काले १ हजार ६४३ मतसहित शीर्ष स्थानमा छन्।
एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६०१ मतसहित खड्कालाई पछ्याइरहेका छन्। उनीहरुबीच ४२ मतान्तर छ।
स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४३७ मत र रास्वपाका मिलन लिम्बूले ३०५ मत प्राप्त गरेका छन्।
फाकफोकथुम गाउँपालिकाको वडा नं. १, २ र ३ को मतगणना सकिएको छ।


