बझाङ- बझाङ प्रदेश सभा ‘क’ को जारी मतगणनामा नेपाली कांग्रेस तेस्रो नम्बरमा पुगेको छ।
नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले फराकिलो अग्रता कायमै राख्दा माओवादी दोस्रो स्थानमा उक्लँदै कांग्रेसलाई तेस्रो स्थानमा धकेलेको हो।
एमाले उम्मेदवार दमनबहादुर भण्डारीले १५ सय ९२ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका जनक बुढाले ९९९ मत पाएका छन्।
कांग्रेसका अभिषेक बहादुर सिंह ९५५ मतमा सीमित भएका छन्।
यहाँ छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ को मत गनिसकिएको छ। वडा नम्बर ६ को गणनामा कांग्रेस तेस्रो स्थानमा झरेको हो।
बझाङमा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५७२ मत ल्याएका छन्।
बझाङमा सबै दलहरू एक्ला एक्लै चुनावी मैदानमा थिए।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएको छैन।


