काठमाडौँ- बझाङ प्रदेश सभा १ ‘क’मा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी ७ सय मतले अगाडि लागेका छन्। एमालेका भण्डारीले लगातार अग्रता बढाउँदै लगेका छन्।
६ हजार २ सय २९ सदर मतमध्ये भण्डारीले २ हजार २ सय २९ मत प्राप्त गरेका छन्। दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १ हजार ५सय ४ मत पाएका छन्।
नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा तेस्रो नम्बरमा छन्। उनले १ हजार ४ सय ८२ मत पाएका छन्।
एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ९ सय ३ र राप्रपाका उम्मेदवार किशोरकुमार खड्काले ५५ मत प्राप्त गरेका छन्।


