काठमाडाैँ- इलाम -२ मा एमालेका सुहाङ नेम्वाङको अग्रता काएम छ। मतगणनाको पछिल्लो परिणाम अनुसार सुहाङले प्रतिस्पर्धीलाई २ हजार २८२ मतले पछि पार्दै अग्रता कायम राखेका छन्। नेम्वाङले अहिले सम्ममा ७ हजार ६७७ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको ५ हजार ३९५ मत आएको छ। स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ४ हजार ५८ मत प्राप्त गरेका छन्। यस्तै रास्वपाका मिलनकुमार योङहाङ लिम्बुले १ हजार १६२ मत प्राप्त गरेका छन्।
यो मत परिणाम फाकफोकथुम र चुलाचुली गाउँपालिकाको ५ वटा वडाको हो। अब चुलाचुलीको बाँकी ६ नम्बर वडाको मत गणना जारी छ। अहिले सम्ममा १८ हजार ९४८ मत गणना भइसकेको छ।


