चैनपुर (बझाङ)- बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ।
प्राप्त परिणामअनुसार कांग्रेसका उम्मेदवार सिंहले ८ हजार ६ सय २६ मत प्राप्त गरेका छन्। एमालेका दमनबहादुर भण्डारीले ८ हजार ३ सय ९६, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले ३ हजार १ सय ५३ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार २ सय ८७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।
हालसम्म जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका, थलारा–९ र मस्टा गाउँपालिका–१ र २ को मत गणना सम्पन्न भएको छ।


