२०८३ साउन १३ गते बुधबार

सुशासनका पक्षमा सबैले आवाज उठाऔँ

 |  सरस्वती बजिमय
Sanket

सरस्वती बजिमय

काठमाडौँ, बैशाख १८
saraswati_bajimay

वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन्। संसद्मा जे पनि बोल्नहुने जस्तो देखिन्छ। संसदीय मर्यादाविपरीतका अभ्यास भइरहेको छ। एकअर्काको विरोध गर्नबाहेक केही नगरेको देखियो। देशको सामाजिक–आर्थिक विकासका लागि सदनमा प्रतिनिधित्वका सबै राजनीतिक दल एकजुट हुनैपर्छ। जुन देश कानुनी आधारमा अगाडि बढेका छन् र एकजुट भएका छन् ती देश नै विकासको पथमा बढेका देखिन्छ। एकापसमा सहयोग एवं समर्थन भएमा मात्र देशको उन्नति सम्भव हुन्छ।

देशमा भ्रष्टाचार अहिले निकै मौलाएको छ। आफूलाई नयाँ पार्टी भन्ने पनि देखावटीमात्र रहेछन् भन्ने कुरा घामजस्तै छर्लङ्ग भइसकेको अवस्था छ। सङ्गठित सहकारी अपराधमा परेर धेरै सर्वसाधारणको रकम ठगी भएको छ। धेरै जनताले दुःख पाएका छन्। बाहिर सबै छताछुल्ल भए पनि नयाँ दलमा आबद्ध नेताहरू केही नभएको जस्तो गरिरहेका छन्।

देश विकास गर्नका लागि सुशासन र भ्रष्टाचार नियन्त्रण पूर्वशर्त हो। सुशासन भएन भने अरु केही हुँदैन। भ्रष्टाचारमा डुब्नेहरूलाई कारबाही गर्नुपर्छ। मेरो पार्टी नेपाली कांग्रेसले भ्रष्टाचारका लागि कारबाही गर्ने नै कुरा उठाइरहेको छ। भ्रष्टाचार नियन्त्रण भयो भनेमात्र जनता सुखी हुन्छन्।

कानुन नबनेका हुनाले कतिपय कुरामा अप्ठ्यारो परिस्थिति उत्पन्न भएको सुनिन्छ। कानुन निर्माणका सन्दर्भमा हामी विपक्षी पार्टीमा भए पनि सही कानुन बनाउन कुनै रोकटोक हुँदैन, गरेका छैनौँ। सहयोग नै हुन्छ। आवश्यक कानुन छिटोभन्दा छिटो संसद्बाट बनुन् भन्नेमा कांग्रेस प्रतिबद्ध छ।

देशका युवा र विद्यार्थी ठूलो सङ्ख्यामा विदेशिन थालेका छन्। जुन एकदम चिन्ताको विषय हो। मेरो मुख्य जोड भनेकै सूचना प्रविधि (आइटी) क्षेत्रमा विकास गर्नुपर्छ भन्ने हो। अनिमात्र युवा यहीँ टिक्छन्। नेपालमै युवालाई रोकेर राख्नुपर्छ। आइटी क्षेत्रलाई हरेक दृष्टिकोणबाट हेर्नुपर्छ। प्रविधि विकासमा बढी कर, भ्याट लगाउन थाल्यो भने युवा यहाँ बस्दैनन्। आइटी क्षेत्रमा रमाएका युवा विदेश पलायन हुनसक्ने खतरा भइरहन्छ।

के गर्दा युवा यहीँ रहन्छन् र देशमा भएकालाई कसरी सुविधा दिएर अझ अगाडि बढाउने भनेर राज्यले सोच्नुपर्छ, योजना ल्याउनुपर्छ। युवालाई यहीँ बसेर काम गर्ने वातावरण सिर्जना गर्नतिर म पनि लाग्नेछु। आउँदो बर्खे अधिवेशनमा पनि यो विषयमा संसद्मा कुरा उठाउनेछु।

नेपाल कृषिप्रधान देश हो तर यस क्षेत्रमा अपेक्षित प्रगति हुन सकेको छैन। हामी कृषि उपजमा परनिर्भर छौँ। न सिँचाइ, न मलखादको राम्रो व्यवस्था छ। पहाडी इलाकामा बाँदरले दुःख दिने समस्याले बस्ती नै उजाड भएका छन्। कृषि क्षेत्रलाई विकास गर्न सकियो भने विदेशमा किन जानुपर्यो ? आफ्नै देशमा उत्पादन गरेर बेच्ने ता कि बाहिरबाट किन्नु नपरोस्। आफ्नै देशको उत्पादन बिक्री गर्यो भने पनि धेरै सहयोग हुन्छ। पर्यटन क्षेत्रलाई विकास गर्न सक्यौँ भने धेरै पयर्टक भित्र्याउन सकिन्छ।

म पहाडी जिल्ला खोटाङबाट प्रतिनिधित्व गर्छु। जिल्लामा बाटाघाटाको अवस्था निकै दयनीय छ। सडक धुलाम्मे र हिल्लामे छन्। कच्ची सडकमा दुर्घटना भइराख्छन्। यसले गर्दा जनताले दुःख पाएका छन्। जनसङ्ख्या कम भएको र पहाडी जिल्लालाई केन्द्रले हेर्ने दृष्टिकोण फरक पाएको छु। विकास निर्माणका लागि मन्त्री नै हुनुपर्नेरहेछ। मन्त्री भयो भने सबै बजेट जाने, नभए अरुलाई बजेट नै नदिने। अस्पताल सुविधायुक्त भए बिरामी पर्दा अन्यत्र जान नपर्ने भन्ने त्यहाँका मतदाताको माग छ। जुन जायज पनि छ। कृषिमा त्यस्तै अप्ठ्यारो छ। पानीको दुःख छ। पानीका मुहान सुक्दै गएका छन्। यस्ता गुनासालाई सम्बोधन चाहेर पनि गर्न सकिरहेका छैनाँै। त्यसकारण सरकारको ध्यान त्यतातिर जाओस् भनेर बेलाबेलामा सदनमा पनि आवाज उठाइरहेको छु। सदरमुकामकै हालत खराब छ भने गाउँको अवस्था झन् नाजुक छ। विकास निर्माणका काम सबैतिर बराबरी हुनुपर्छ भनेर आवाज उठाउँदै आइरहेको छु।

खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको भाग छुने गरी दूधकोशी आयोजना पनि चाँडै सञ्चालन हुनेमा म विश्वस्त छु। त्यो जलाशययुक्त आयोजना छ सय ३५ मेगावाट क्षमताको हो। आफूले मात्र अरुको सहयोग लिने होइन कि सहयोग दिनसक्ने राष्ट्र बनाउन एकजुट भएर लाग्न जरुरी छ।

मेरो जिल्लामा पर्यटन क्षेत्रमा विकासको पनि धेरै सम्भावना छन्। हलेसी मन्दिरमा बर्सेनि धेरै दर्शनार्थी आउँछन् तर त्यहाँ जाने बाटोमा भने सरकारले ध्यान दिनसकेको छैन। जयरामघाटबाट हलेसीसम्मको बाटो जताजतै भत्किएको छ। फेरि टालटुल हुन्छ फेरि भत्किन्छ। दिक्तेल बजारमा कालिकादेवी मन्दिर छ। त्यो पनि चर्चित छ। हलेसीसम्म आएका दर्शनार्थीहरू त्यो मन्दिरसम्म पनि जाउन् भन्नका लागि प्रचारप्रसारमा ध्यान दिन जरुरी देखिएको छ। त्यसैगरी अरु विभिन्न ठाउँ छन्, जहाँबाट निकै सुन्दर दृश्यावलोकन गर्न देखिन्छ। यी ठाउँको विकास गर्न सक्यौँ भने जिल्लामा पर्यटक भित्रिन्छन्। मेरो कार्यकालमा त्यतातिर ध्यान जानेछ।

हलेसीको तुवाचुङ नगरपालिकामा लिफ्टिङ खानेपानी योजना मेरै पहलमा भएको हो। तर कहिले बिग्रिँदै कहिले बन्दै गरेकाले त्यहाँका जनताले राम्ररी पानी खान पाइरहेका छैनन्। अहिले केन्द्रबाट धेरै योजना नदिने अवस्था छ। पहिले सिँचाइ योजना, खानेपानी, बाटोघाटोमा बजेट प्रशस्त गरिएको थियो। जब नेपाली कांग्रेसले सरकार छाड्यो त्यसपछि अर्थतन्त्र क्षेत्रमा डामाडोल भयो। भविष्यलाई जम्मा गरेको पुँजी सबै सिद्धियो। नचाहिने योजनाजस्तै भ्यूटावरमा पैसा खन्याएर अर्थतन्त्र रित्तो भयो। भविष्यका लागि सोचेर देशलाई अप्ठ्यारो नपार्ने स्थिति राख्यो भने अवश्य देश विकास हुन्छ।

जनताले हामीलाई सुझाव दिन जरुरी छ। देशको प्रगतिका लागि उहाँहरूले हामीलाई चुनेर पठाउनुभएको हो। सुशासनका निम्ति सबैले आवाज उठाउनु पर्छ। देशलाई समृद्धिको मार्गमा अग्रसर गराउन स्वदेशमा रोजगारीका अवसर सृजना गर्दै उनीहरूलाई विदेश पलायनबाट रोक्न सरकार, निजी क्षेत्रका साथै समाजका हरेक वर्गको सक्रिय सहयोग आवश्यक छ।

(नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य सरस्वती बजिमयसँग राससकी बुनु थारूले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित: २०८१ बैशाख १८ गते मङ्गलबार ११:४७
प्रतिक्रिया

थप समाचार

‘सिङ्गो देश डिप्रेसनमा छ’

डिप्रेसनले राज गरेको मुलुकमा समाज सधैँ एउटा नायकको खोजीमा हुँदो रहेछ, तर कसैलाई लामो समय विश्वास गर्न नसकेर नायक बदलिरहँदो रहेछ। को

गीत ‘मास्टर्नी’ को पोस्टरको समाजशास्त्रीय विश्लेषणः समाज निर्माणको आधारमा प्रहार

शिक्षक समाजको एउटा महत्वपूर्ण खम्बा हो। शिक्षकले ज्ञान, सीप, मूल्य र मान्यताहरू नयाँ पुस्तामा हस्तान्तरण गर्दै समाजलाई सही दिशामा डोऱ्याउने कार्य गर्छ। त्यसैले, शिक्षकलाई मनोरञ्जनको पात्र...

नेपो डच डिजिज र रेमिटान्स मेन समाज !

ल्हासातिर ऊन बेचेर सुन भित्र्याइने नेपालले आफ्ना स्रोत त्यति नै बेलादेखि नै नचिनेर होला, पहाडतिरका बलिया र सग्ला पाखुराहरू लाहुरे बन्ने तोडमोडमा कसैले थर फेरे, कसैले घर फेरे; जसरी हुन्छ लाहुरे...

‘व्यक्तिगत ग्यारेन्टी हट्नु सम्पत्तिमा आधारित अर्थतन्त्रबाट उत्पादनमा लैजाने कदम’

नेपालमा बैंक तथा वित्तीय संस्थाले व्यवसायिक कर्जा प्रवाह गर्दा व्यवसायीको व्यक्तिगत जमानी (पर्सनल ग्यारेन्टी) अनिवार्य रूपमा लिने प्रचलन लामो समयदेखि रहेको छ। अहिले यो व्यवस्था हटाउने विषयमा...

‘जलविद्युतमा लगानी पुनसंरचना गरेर सेयर प्राइस डिस्कभरी मेकानिज्ममा जानुपर्छ’

सुरुवाती दिनदेखि जोखिम मोल्ने प्रवर्द्धकको सेयर मूल्य र सबै जोखिम न्यूनीकरण भइसकेपछि आउने लगानीकर्ताको सेयर मूल्य बराबरी हुनु वैज्ञानिक देखिँदैन। त्यसैले, प्रवर्द्धकको मेहनत, विज्ञता र...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना