जनकपुरधाम– मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लोसपाका सांसद अभिराम शर्मालाई निलम्बन गरेका छन्।
सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा दोषी ठहर भएको भन्दै सांसद शर्मालाई निलम्बन गरेका हुन्।
महोत्तरी जिल्ला अदालतले शर्मालाई विकको हत्यामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ।
शर्मा मधेश प्रदेश सभा सदस्य तथा लोसपा संसदीय दलका नेतासमेत हुन्।
‘सभामुखले अभिराम शर्मालाई मधेश प्रदेश सभा सदस्यको पदबाट निलम्बन गर्ने निर्णय गर्नुभएको यो सूचना सम्बन्धित सबैमा जानकारीका लागि प्रकाशित गरिएको छ,’ प्रदेश सभा सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

