काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि जेठ १ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
कांग्रेसले संसद्मै नाराबाजी लगाए पछि सभामुख देवराज घिमिरेले जेठ १ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन्।
गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न कांग्रेसले माग गर्दै आएको छ।
आजको बैठकमा पनि नेपाली कांग्रेसले समिति नबनाइएको भन्दै अवरोध गरेको हो।
आज २ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको थियो। दलहरूबीच सहमति नभएपछि निर्धारित समयभन्दा २ घण्टा ढिला बैठक सुरु भएको थियो। उक्त बैठक पनि कांग्रेसले अवरोध गरेको थियो।
त्यसपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक करिब डेढ घण्टापछि बसेधको थियो। दोस्रो बैठक सुरु भएलगत्तै सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिए। लगत्तै कांग्रेस सांसदहरू उठेर नाराबाजी सुरु गरेपछि सभामुखले बैठक स्थगित गरे।
