काठमाडौँ– राष्ट्रियसभा बैठक स्थगित भएको छ। शुक्रबार १ बजेर १५ मिनेटका लागि तोकिएको बैठक केही समय ढिला गरी सुरु भएको थियो।
बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरुले उठेर अवरोध गरेका थिए।
यसपछि राष्ट्रिय सभा अध्यक्षले केही समय सांसदहरूलाई कन्भिन्स गर्न खोजेका थिए।
तर कांग्रेसका सांसदहरू नबसेपछि बैठक जेठ ६ गते १ः १५ सम्मका लागि स्थगित भएको हो।
कांग्रेस सांसदहरुले बिहीबार पनि बैठक अवरुद्ध गरेका थिए।
गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लागेको भन्दै छानबिन गर्नुपर्ने कांग्रेसको माग छ।
तर लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन सत्तापक्ष तयार नभएपछि कांग्रेसले दुवै सदनका बैठकमा अवरोध गर्दै आएको छ।
