काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूबीचको बैठक सारिएको छ।
शुक्रबार साँझ ६ बजे प्रधानमन्त्री दाहालले बोलाएको बैठक बस्दै नबसी सारिएको हो।
सहकारी ठगीको आरोपमा रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिका बनाउनुपर्ने कांग्रेसको मागका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्रीले कांग्रेस नेतालाई बालुवाटार बोलाएका थिए।
बैठक शनिबार बिहान साढे ८ बजेका लागि सारिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए।


