काठमाडौँ- नेपाली कांग्रेसका शीर्ष नेताहरु बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संसद्को गतिरोध अन्त्यका लागि छलफल गर्न देउवालाई बोलाएका हुन्।
कांग्रेस सभापति शेर बहादुर देउवासहित, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्ण सिटौला र रमेश लेखकलगायतका नेताहरु बालुवाटार पुगेका हुन्।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संसद् अवरुद्ध गर्दै आइरहेको छ।
प्रधानमन्त्री दाहालले संसदको गतिरोध अन्त्यको प्रयासमा कांग्रेसका नेताहरुसँग सम्वाद जारी राखेका छन्।
उनले आज बिहानै नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएर छलफल गरिरहेका छन्। प्रधानमन्त्री दाहालले सोमबार चौथो पटक विश्वासको मत लिँदैछन्।


