काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन्।
कांग्रेससहित प्रतिपक्षी दलको नाराबाजी रहँदा मर्यादापालकको घेराभित्र बसेर प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन्।
प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको थियो भने विपक्षमा शून्य मत परेको सभामुखले घोषणा गरे। एक मत तटस्थमा परेको थियो।
उक्त मत प्रतिनिधि सभामा तत्काल कायम सदस्य संख्याको बहुमत भएकाले प्रधानमन्त्री दाहालले विश्वासको मत पाएको उनको घोषणा थियो।
विपक्षीहरूले नाराबाजी गरिरहेको बेला पनि सभामुखले उनीहरूको उपस्थिति संख्यासमेत उल्लेख गरेनन्।


