काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरूङले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदको अवेहलनामा कारवाही गर्न माग गरेका छन्।
गृहमन्त्री लामिछानेले संसदमा अर्थहीन र आधारहीन कुरा गरी कांग्रेस सांसदहरूको मानमर्दन गर्न खोजेको र प्रतिनिधिसभा नियमावली विपरीतको अभिव्यक्ति दिएको भन्दै लामिछानेलाई कारबाही गर्नुपर्ने माग गरेका हुन्।
लामिछानेले गुरुङमाथि रातो पासपोर्ट दुरुपयोग गरेको आरोप लगाएका थिए। गुरूङले निवेदनसँगै रातो कूटनीतिक राहदानी दुरुपयोग मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला पनि समावेश गरेका छन्।
२०६४ सालमा सर्वोच्चले उक्त मुद्दामा गुरुङलाई सफाइ दिएको थियो।



