काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू पार्टीको अध्यक्ष बन्ने सम्भावना रहेको दाबी गरेका छन्। उनले अध्यक्ष पदमा आफ्नो नाममा सहमति हुनेसमेत उल्लेख गरेका छन्।
आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकबाट बाहिरिने क्रममा नेता खनालले यस्तो बताएका हुन्। आफ्नो नाममा सहमति हुन नपर्ने कुनै कारण नभएको उनको जिकिर छ।
तपाईंको नाममा सहमति हुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘मेरो नाममा सहमति किन नहुनु? नहुनुपर्ने केही कारण छ?’
यसअघि बुधबार नेता घनश्याम भुसालसँग उनको भेट भएको थियो। भेटपछि भुसाललाई अध्यक्ष बनाउन खनालले सहयोग गर्ने सहमति भएको बताइएको थियो। खनालले भने, ‘होइन। मेरो दाबी (अध्यक्षमा) जारी छ।’
थप समाचार:
नेकपा एसले थप्यो पदाधिकारीको पद, २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय


