काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी महामन्त्री डा मुकुल ढकाल मुखमा कालो टेप टाँसेर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन्।
केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्न आफूले गरेको प्रस्ताव अस्वीकार गरिएको विरोधमा महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी भएका हुन्।
बिहान साढे ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालाजुमा सुरु भएको बैठकमा पुगेका उनको मुखमा कालो टेप छ। मुखमा मास्क लगाएर बाहिरबाट टेप टाँसिएको छ।

बैठकमा महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने तयारी गरेको छ।
ढकालले केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गरेका थिए। बैठकमा लाइभ नगरिएपछि उनले सांकेतिक रुपमा विरोध गरेका हुन्।
महामन्त्री ढकालले असार १२ गते पार्टी सभापति रवि लामिछानेलाई गृह मन्त्रालय पुगेर ३२ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए।
यसपछि रास्वपामा आन्तरिक सङ्घर्ष बढ्दै गएको सन्देश प्रवाह भएको थियो।
ढकालको प्रतिवेदनमा पार्टी सङ्कटमा पर्दै गएको उल्लेख छ। सोही प्रतिवेदनमाथि छलफल गर्नुका साथै मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रमबारे धारणा बनाउन रास्वपाले केन्द्रीय समिति बैठक आयोजना गरेको हो।
ढकालको प्रतिवेदनलाई लामिछानेले ‘निराशाको पोको’को भनी निकटस्थहरूसँग बताउने गरेका छन्।
ओली र प्रचण्डलाई रविले भने- महामन्त्री ढकालका पक्षमा खासै पार्टीभित्र माहौल छैन
रास्वपाले महामन्त्री ढकाललाई सोध्यो स्पष्टीकरण, जवाफ नपठाउने अडान
