२०८३ कार्तिक २४ गते सोमबार

रैथाने बीउ र वनस्पति जोगाउनै चुनौती

 |  कृष्ण रिमाल
Sanket

कृष्ण रिमाल

कुस्मा, भदौ १६
krishna_rimal

चार्ल्स डार्बिन (१८०९-१८९२)को बाँच्नका लागि संघर्ष एवम् अनुकूलता र छनोटको सिद्धान्तले जीव तथा वनस्पति सधैँ तनावमा रहन्छन् भन्ने कुरा उजागर गरेको छ। जीव तथा वनस्पतिहरूको अस्तित्व संघर्ष आनुवंशिकी (पुस्तान्तरण हुँदै जाने) तथा उत्परिवर्तन (परिवर्तन पनि हुँदै जाने) पनि भइरहन्छ।

मानव सभ्यताले सबै कुरा अभिलेख र प्रयोग गर्न सकेजस्तै जीव तथा वनस्पतिमा अभिलेखीकरण हुने कुरा जीवविज्ञानले पत्ता नलगाइसकेको अवस्थामा छ। मानव सभ्यता र जीवन शैलीसँग प्रत्यक्ष सरोकार राख्ने वनस्पति तथा जीवको मौलिकताको खोजी र तिनीहरूको स्थायित्वको लागि जतन र संवर्द्धन गर्नुपर्ने बेला आएको छ।

केही दिनअघि डा दिलजान मन्सुर र टीकाराम यात्रीको टेलिभिजन अन्तर्वार्तामा मन्सुरले स्वस्थ रहन एउटा सटिक आह्वान गरे- जमिनमा उम्रन सक्ने क्षमता नभएका र हजुरआमाको पुस्ताले नदेखेका खानेकुरा नखाऔँ। उनले हजुरबुबाले नदेखेका भन्ने शब्द प्रयोग गरेनन्, जानेर या नजानेर हजुरआमा भन्ने शब्द प्रयोग गरे। खाद्यदर्शन वा स्वास्थ्य प्रणालीमा त्यो अद्भुत कुरा हो। किनभने पालन लोग्नेहरूले गरे पनि पोषणको जिम्मा मानव सभ्यताको सुरुवातबाट नै आमाहरूकै थियो, छ र हुनेछ।

पाकेर पहेँला भएका काँक्राको गुदी खान हामी हानथाप नै गर्थ्यौँ। त्यो आजका पुस्ताले थाहा नै पाउनै नसक्ने भए।

अरू जीवजस्तै मातृस्नेह मानिसमा पनि आमाहरूमै अक्षुण्ण रहने छ। त्यसैले पनि रैथाने जीव र वनस्पतिप्रति आमाहरूको लगाव अझ बढी आवश्यक छ। हामी आज पनि पर्यावरण संरक्षणसँग मानव जीवनको सिङ्गो अस्तित्व जोडिने हुँदा मात्रै पर्यावरण संरक्षणको कुरा गरिरहेका छौँ। नत्र यो पछिल्लो समयमा यति बिघ्न महत्त्वपूर्ण पक्कै हुने थिएन।

स्थानीय जीव र वनस्पतिबीच, खाद्य शृङ्खला र पारिस्थितिक प्रणालीबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ। पछिल्लो समय बिउहरू प्रयोगशालामा निर्माण हुन थालेका छन्। आनुवंशिक गुण (जिन)को प्रयोगशालामा मिश्रण गरेर मानव सभ्यताले प्रकृतिमा गैरप्राकृतिक जीव र वनस्पति सृजना गर्दै छ। सघन उत्पादन तथा उच्च खनिजको प्रयोगात्मक प्रतिवेदन प्रकाशित गरेर त्यसैको प्रवर्द्धनमा तपाईहामीलाई क्रियाशील हुन उत्प्रेरित गरिरहेका छन्।

यस्ता खाले आनुवंशीकीय मिलानद्वारा सृजित जीव र वनस्पतिमा दीर्घकालीन रूपमा रहने र आफैँ बिउ (उन्नत बाली तथा तरकारी हर सबै) वा बच्चा उत्पादन (बाइलर जस्ता जीव)गर्ने क्षमता कमजोर रहन्छ। फलस्वरुप वातावरणमा मिचाहा जीव तथा वनस्पतिको कारण रैथाने जीव तथा वनस्पति विस्थापित हुने खतरा रहन्छ। जसले मानव तथा पारिस्थितिक पद्धति अनुकूलता नष्ट हुँदै जाने सम्भावना उच्च रहन्छ।

हजुरआमा पुस्ताले जोगाएका बिउबिजनहरू हामीले संग्रहालयमा हेरेर आफ्नो खेतमा उत्पादन गर्न सक्ने अवस्थामा हुँदैनौँ फलस्वरुप भोलिको पुस्ताले खाद्यसङ्कटको कामना गर्नुपर्ने हुन सक्छ।

म पहाडमा बस्ने र खेतीपाती गर्ने भुइँमान्छे हुँ। लामो खडेरीपछिको पहिलो वर्षापछि जमिनबाट आउने सुगन्ध मैले लिएको छु। वर्षापछि बिउमा विकसित हुने प्राण नै हामीले कुनै अनाज त कुनै वनस्पतिकै रूपमा खाएर जीवन निर्वाह गरी आएका छौँ।

आर्थिक उदारीकरण, विश्वव्यापीकरण व्यापारवादले हामीलाई थोरै मेहनतबाट उच्च उत्पादन वा उच्च प्रतिफलको भोक देखाएका छन्। जसको कारण हामीले रैथाने बिउ र वनस्पति मास्दै गएका छौँ। केही वर्षअघि पर्साका किसानहरूले घोगा नलागेका तर मस्त सप्रिएका मकैका बोटहरू लिएर सडक प्रदर्शन गरे। जुन समग्र कृषि उत्पादनसँग जोडिएको खतरनाक कुरा थियो। अहिले पहाडमा प्रायः उन्नत जातका धान, गहुँ , र मकै जस्ता अन्नको बिउ नजिकको कृषि शाखाबाट लीने र लगाउने काम गरिएको छ। जसको कारण ती अन्न हरूको बिउ प्राय: कृषिकर्मीसँग छैन।

म आफैँले जान्दा हामीले हाम्रो खेतमा मानामुरी, पहेले, रमनी ,अनदी जस्ता धान रोप्ने खेतमा अहिले खुमल १,२ शृंखलाका शृंखलाबद्ध धानहरू रोपिरहेका छौँ। नेपाल प्रत्येक आधा घण्टाको यात्रामा फरक फरक हावापानी पाइने देश हो। यहाँको हावापानी विविधतायुक्त छ। प्रत्येक ठाउँमा परापूर्व कालदेखि प्रयोग गरेर उत्कृष्ट ठहरिएका रैथाने अन्नका बिउहरू थिए। तर आज एक त खेतीयोग्य जमिन प्राय: बाँझो छ भने दोस्रो कुरा उन्नत जातका बिउहरू प्रयोग गरेर जमिनलाई प्रयोगशाला बनाइएको छ। यस्तो प्रयोगले जमिनको उर्वराशक्ति र जमिनको बनोटमा उस्तो असर त नगर्ला तर दिगो उत्पादनमा भने पक्कै असर गर्नेछ।

लामो खडेरीपछिको पहिलो वर्षापछि जमिनबाट आउने सुगन्ध मैले लिएको छु। वर्षापछि बिउमा विकसित हुने प्राण नै हामीले कुनै अनाज त कुनै वनस्पतिकै रूपमा खाएर जीवन निर्वाह गरी आएका छौँ।

केही वर्ष पहिला एउटा मन्सान्टो भन्ने कम्पनीले अनुदानमा बिउ दिएर गलत प्रयोग गर्ने अभियान सुरु गर्न चाहेको थियो जुन तत्काल किसानहरूको असहयोग र विरोधले रोकिएको थियो। सरल भाषामा भन्दा यस्ता बहुराष्ट्रिय कम्पनी र जिन परिवर्तन गरेर बिउ उत्पादन गर्ने कम्पनीको उद्देश्य दीर्घकालीन रूपमा किसानलाई बिउविहीन बनाएर उच्च नाफा आर्जन गर्ने नै हो। यो वैश्य युग हो र व्यापारको उद्देश्य उच्च नाफा नै हुने हुँदा मेरो आग्रह तपाइ हामीले हाम्रा रैथाने बिउ र वनस्पतिलाई संरक्षण गरौँ भन्ने हो।

ओल एउटा फूल नफुल्ने वनस्पति हो। सायद यो कर्कलोको कुनै प्रजाति हुनुपर्छ तर कर्कलो जस्तो यो छिट्टै कुहिँदैन। यसको डाँठ काटेर गुन्द्रुक बनाउन मिल्छ। यसको गुन्द्रुक पेटको बिमारको लागि औषधीय गुणले भरिएको हुन्छ। आजकल यो कहीँकतै देखिँदैन।

मैले सानोमा खाएको ओलको गुन्द्रुकको स्वाद मेरा छोरीहरूलाई चखाउन नपाउने अवस्था यति छिट्टै कसरी विकसित भयो जबकि म बल्ल ३३ वसन्तको आनन्दमा छु। त्यस्तै अर्को उदाहरण नेपाले तोरी हो जुन मेथीको विकल्पमा प्रयोग गर्न सकिन्छ। त्यो पनि करिब करिब लुप्त अवस्थामा छ। तीजको दरमा काँक्रोको अचार अनिवार्य थियो। घिरौँला लगाएका थाक्रामा ठुला–ठुला मादल जस्ता काँक्रा सँग सँगै फल्थे ती आजकल सपना भएका छन्।

पाकेर पहेँला भएका काँक्राको गुदी खान हामी हानथाप नै गर्थ्यौँ। त्यो आजका पुस्ताले थाहा नै पाउनै नसक्ने भए। साना–साना हरिया काँक्राले झल्को मेट्नूपर्ने अवस्थामा कति छिट्टै आइपुग्यौँ! हामीमा बिउ संरक्षणको आवश्यक चेतना निर्माण हुनै सकेन।

हजुरआमाहरूले झालामा सबै भन्दा पहिला फलेका घिरौँला, करेला, लौका, चिचिन्डा आदी बिउ भनेर विशेष संरक्षण गरेर राख्नुहुन्थ्यो। त्यो चेतनालाई बजारमा सहज उपलब्ध बिउले मारिदियो र बिस्तारै बिउ परर्भिरताको सिकार बन्यौँ। यस्तो समस्या तरकारीमा मात्रै होइन फलफूलमा पनि उस्तै छ। अजंगका ठूला रुखमा फल्ने आँपकेरा अहिले बोट भन्दा फल ठुला हुने उन्नत भनिने जातहरूले ओगटे। उन्नत जातप्रति मेरो कुनै पूर्वाग्रह छैन तर उच्च उत्पादनको अनावश्यक मोहले हामीले ती वनस्पतिप्रति जुन अवहेलना गरेका छौँ भोलिका दिनमा यी उन्नत जात भनिएका जातहरूबाट प्राप्त प्रतिफल शून्य हुँदै गयो भने हामीसँग पछुतोबाहेक अरू नरहने हो कि?

प्रविधि,आधुनिक खेती प्रणाली र उच्च उत्पादन वा प्रतिफलको प्रलोभनले भोली हामी सँग जमिन, जानकारी, जनशक्ति र जाँगर हुँदाहुँदै पनि उपयुक्त बिउको अभावले खेती नै गर्न नपाउने दुर्दिन पो आउने हो कि? ठाउँ सुहाउँदो माटो सुहाउँदो बालीनालीलाई मिच्दै गर्दा खाद्यशृंखलामै विकृत शृंखला निर्माण पो हुने हो कि? एक पटक सबैले गहिरिएर सोचौँ न है। अघिल्लो पुस्ताले त्यति नै जग्गामा खेती गर्दा अहिले भन्दा बढी सदस्य हुने (औसत ८जनाको)अहिले (औसत ४ जना) को परिवारलाई खान नपुग्ने भनी गरिएको विकासे खेतीले हामीलाई कस्तो पोषण प्रदान गर्छ होला र?

पछिल्लो समयमा सृजना भएका दीर्घरोगहरू विकास हुनुमा यस्तै विकासे खेतीको कारण भएको कुरा खाद्य प्रयोगशालाका प्रतिवेदनहरूले सकारी सकेका पनि छन्। राज्यले पनि कुल गार्हस्थ्य उत्पादनको तथ्याङ्कलाई मात्रै ध्यान दिएको अवस्थामा तपाईं-हामीले आफ्नो ठाउँबाट कम्तीमा रैथाने बिउ र वनस्पतिको संरक्षणको लागि साना–सानो सहयोग गर्ने पो हो कि?

  • कृष्ण रिमाल
    कुस्मा-९ राम्दीफाट, पर्वत
प्रकाशित: २०८१ भदौ १६ गते आईतबार ०२:११
प्रतिक्रिया

थप समाचार

सरकारले केरुङ–काठमाडौँ रेलमार्गलाई परिणाममुखी ढंगले अघि बढाउनुपर्छ

नेपालतर्फको रेलमार्गको लम्बाइ ७८.१ किलोमिटर हुने र प्रस्तावित मार्गको करिब ९६ प्रतिशत भाग सुरुङ तथा पुलमा पर्ने अनुमान गरिएको छ। नयाँ अध्ययनले यसको निर्माण लागत ४ खर्ब रुपैयाँभन्दा बढी हुने...

बीमा प्राधिकरणका अध्यक्षको जिम्मेवारीः कानूनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक

बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।

कानुनभन्दा माथि प्रधानमन्त्री पनि छैनन्: सुनकोशी–मरिण प्रकरणले उठाएका गम्भीर प्रश्न

कानुनी राज्यमा कार्यकारी शक्ति कानुनको अधीनमा रहन्छ। कानुन कार्यकारी इच्छाको अधीनमा होइन। यदि यो भ्रष्टाचारको नियतले गरे–गराइएको हो भने अख्तियार अवश्य नै सजग हुनुपर्छ।

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना