२०८३ साउन १३ गते बुधबार

म त यति धेरै खुसी छु भने नेपाली कति खुशी होलान्, बधाई पलेशा !

 |  पार्क थेयङ
Sanket

पार्क थेयङ

काठमाडौँ, भदौ १८
palesha

सेप्टेम्बर ४ तारिखलाई गणतन्तन्त्र कोरियाले एक विशेष दिनका रुपमा लिने गरेको छ। यस दिन तेक्वान्दो खेलले ओलम्पिक खेलका रूपमा आधिकारिकता पाएको दिनको सम्झनामा तेक्वान्दो दिवसका रुपमा मनाइन्छ। एक साताअघि अगस्त ३० तारिखलाई नेपालको एक विशेष ऐतिहासिक दिनका रुपमा लिन सकिन्छ। नेपालले ओलम्पिक खेल तथा पाराओलम्पिक खेलकुदमा सहभागिता जनाउँदै आएकामा पहिलोपटक पदक जितेको दिनलाई इतिहासको पानामा लेखिनेछ भन्ने लाग्छ।

नेपाली चेली पलेशा गोवर्द्धनले तेक्वान्दो खेलमा हासिल गरेको यो ऐतिहासिक र बहुमूल्य उपलब्धिले विश्व समुदायमा नेपालको छवि उच्च बनाएको छ। यही जुलाई महिनाको २३ तारिखको दिन नेपालस्थित गणतन्त्र कोरियाली दूतावासमा नेपाल तेक्वान्दो सङ्घका अध्यक्षलगायतका पदाधीकारीसहित पलेशासँग भेट्ने अवसर मिलेको थियो। दश वर्षको उमेरमा तेक्वान्दो खेल्न थालेकी यी खेलाडी विश्वस्तरीय खेलाडीका रूपमा धेरै प्रतियोगितामा सक्रिय सहभागिता जनाएको जानकारी मलाई रहेको छ।

वार्तालापका क्रममा मैले पलेशालाई एक शान्त, निर्भिक तथा आत्मविश्वासी महिला तेक्वान्दो खेलाडीका रुपमा लिएको थिएँ। पेरिस पाराओलम्पिक खेलकुदमा पलेशालगायत दुई तेक्वान्दो खेलाडीलाई पेरिसबाट नेपाली जनतालाई सुखद समाचार दिलाउनका लागि तथा आफ्नो कुशल क्षमता प्रदर्शन गर्न हौसला प्रदान गरेको थिए।

आज नेपालका तर्फबाट फरक क्षमता भएकी महिला खेलाडीका तर्फबाट नेपालको शिर उच्च राख्न सफल भएको क्षणलाई ओलम्पिक इतिहासले अवश्य न्याय गर्नेछ भन्ने लागेको छ। मलाई यत्ति धेरै खुसी मिलेको छ भने सम्पूर्ण नेपाली जनतालाई झनै खुशी दिलाएको छ भन्ने लाग्छ। बधाई छ खेलाडी पलेशा गोवर्द्धनलाई, अनि प्रशिक्षक कविराज नेगी लामा, तेक्वान्दो सङ्घ तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई।

नेपाल तेक्वान्दो सङ्घका अनुसार नेपालमा तेक्वान्दो खेल खेल्नका लागि आधिकारिक रुपमा दर्ता भएका खेलाडीको सङ्ख्या झन्डै एक लाख ५० हजार रहेको छ। तीमध्ये महिला खेलाडीको सङ्ख्या २० प्रतिशत हाराहारी रहेको अनुमान गरिएको छ। नेपालमा तेक्वान्दो खेल्नेको सङ्ख्या बढ्दै गएर यस खेलको माध्यमबाट शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त बनाउने विश्वासका साथ खेल धेरै व्यक्तिले मन पराएका छन्।

मलाई यत्ति धेरै खुसी मिलेको छ भने सम्पूर्ण नेपाली जनतालाई झनै खुशी दिलाएको छ भन्ने लाग्छ। बधाई छ खेलाडी पलेशा गोवर्द्धनलाई, अनि प्रशिक्षक कविराज नेगी लामा, तेक्वान्दो सङ्घ तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई।

सन् १९८८ मा दक्षिण कोरियाको सउलमा भएको ओलम्पिकमा नेपालका तेक्वान्दो खेलाडी विधान लामाले तेक्वान्दो प्रदर्शनी खेलमा कास्य पदक जितेका थिए, जुन विषय आजका दिनमा पनि सुखद क्षणका रुपमा लिइन्छ। नेपालमा तेक्वान्दो खेलको सुरुआत प्रहरी–सेना तथा अन्य सुरक्षा निकायमा शारीरिक प्रशिक्षणको माध्यमबाट भएको जानकारी रहेको छ। तर आज यस खेलको महत्व आम जनतामाझ प्रचार भएको छ।

सन् १९८३ मा औपचारिक रुपमा नेपाल तेक्वान्दो सङ्घको स्थापनापश्चात् खेलको विकासमा उल्लेख्य भूमिका खेलेको देखिन्छ। नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले तेक्वान्दो खेलको प्रवद्र्धनका लागि हरेक दुई वर्षमा एम्बेसडर कप तेक्वान्दो प्रतियोगिता आयोजना गर्दै आएको छ।

गत सेप्टेम्बरमा करिब एक हजार आठ सय तेक्वान्दो खेलाडीको सहभागितामा एम्बेसडर कप तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको थियो। मलाई त्यस क्षणमा साना नानी–बाबुहरु तथा युवाहरुको तेक्वान्दोप्रतिको उत्साह तथा प्रेम देखेर हर्षित भएको क्षण सबै सामु साट्ने अवसर मिल्दा खुसी छु। नेपालमा तेक्वान्दो खेल प्रशिक्षकको भूमिकामा एक कोरियाली प्रशिक्षक ख्वन यङदाल सन् १९९८ देखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महारागञ्जमा तेक्वान्दो प्रशिक्षकको भूमिकामा रहनुभएको छ।

तेक्वान्दो खेलको लामो पृष्ठभूमि रहेको छ। कोरियाली युद्धपश्चात् परम्परागत कोरियाली मार्सल आर्टलाई जोडेर तेक्वान्दोलाई व्यवस्थित रूपमा अभ्यास गर्न थालियो। तेक्वान्दो खेलको प्रकृति युद्धकलासँग पनि जोडिएको हुँदा, प्रशिक्षणको आधारभूत उद्देश्य आफैँलाई सुरक्षित राख्नु रहेको छ। अन्तिम लक्ष्य थप गहन प्रशिक्षणमार्फत आफ्नो पूर्ण क्षमतालाई कलात्मक रुपमा प्रदर्शन गर्नु हो। तेक्वान्दो प्रशिक्षण प्रक्रिया बारम्बार अभ्यासमार्फत शरीर र दिमाग परिवर्तन गर्ने प्रक्रिया पनि हो र कालान्तरमा र यस खेलको माध्यमबाट विश्वसामु खेलाडी तथा देशको परिचय गराउनु नै हो भन्ने लाग्छ।

तेक्वान्दोको भावनामा ‘आफू माथि विजय गरी विश्वलाई सकारात्मक सन्देश फैलाउँ’ भन्ने मान्यता समावेश छन्। तेक्वान्दोका यी मूल्य–मान्यता तथा गुणहरू तेक्वान्दो प्रशिक्षण प्रक्रियामा प्रतिबिम्बित हुन्छन्, जस्तै कि प्रशिक्षण प्रक्रियाको समापनपश्चात् खेलाडीले एक अर्कालाई अभिवादन गर्ने, प्रशिक्षकलाई खेल सुरु हुनु अगाडि र समापनपश्चात् गर्ने शिष्टाचार आदि कोरियाली परिवारमा विगतदेखि रहँदै आएको आपसी सम्मान र सद्भावको प्रतीकका रुपमा रहेको छ।

कोरियाली आमाबाबुले पनि आफ्ना छोराछोरीलाई तेक्वान्दो खेल्नका लागि प्रोत्साहन दिनाका कारणका रुपमा शारीरिक, मानसिक रुपमा तन्दुरुस्त बनाउनु, निडरपनको विकास गर्नु, शिष्टता, सद्भाव, स्वयंसेवाको भावनालगायतको विकास गर्नु पनि रहेको छ। भनेको नमान्ने बच्चाहरु पनि तेक्वान्दो प्रशिक्षणपश्चात् अनुशासित भएको बारेमा धेरै सुनिन्छ। तेक्वान्दो खेललाई दुई तरिकामा तालिम दिइन्छ। पहिलो पुम्सेः जसमा आधारभूत चालहरू समावेश हुन्छन् र अर्को ख्यरुगी रहेको छः जुन तेक्वान्दो अभ्यासकर्ताहरूबीचको प्रतिस्पर्धात्मक रुपमा खेल्नका लागि खेलाडीलाई तयार गरिन्छ।

यस वर्ष नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा कोरियाली तेक्वान्दो प्रतिनिधि मण्डलले नेपाली तेक्वान्दो खेलाडीसँग सीप तथा भावना आदान–प्रदान गर्न तथा प्रदर्शनात्मक कार्यक्रममा सहभागी हुनका लागि यही अक्टोबरको मध्यमा नेपाल आउने योजना बनाएको छ।

कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठको उपलक्षमा तेक्वान्दो खेलबाट ओलम्पिकमा नेपाललाई पहिलो ऐतिहासिक पदक प्राप्त भएकामा म अत्यन्त खुसी हुँदै यस सुखद क्षण सम्पूर्ण नेपालीहरुसँग बाँड्न चाहन्छु। कोरियाली संस्कृतिको महत्वपूर्ण हिस्सा बनेको तेक्वान्दोलाई नेपालमा थप फैलाउन तथा यस खेलको माध्यमबाट विश्वसामु नेपालको उपस्थिति थप मजबुत गराउनका लागि गणतन्त्र कोरिया सरकारले सहकार्य जारी राख्ने योजना बनाएको छ।

पेरिसबाट पलेशाको ऐतिहासिक पदक प्राप्तिको खबरले नेपाली जनतामा आशा जगाएको छ। त्यसैगरी गर्न सकिन्छ भन्ने भावनाले स्थान पाएको छ। म पलेशालाई प्रशिक्षणका क्रममा उनको मेहनेत–परिश्रम, उनले बगाएको पसिना र पेरिसमा पदक प्राप्त गर्ने दृढ विश्वास, धैर्यता, साहस, आफूलाई जित्नु परेको मानसिक शक्तिप्रति मेरो आत्मादेखि सम्मान व्यक्त गर्दछु।

नेपाल सरकार खेलकुद मन्त्रालय तथा सम्बन्धित विभागको समन्वयमा नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै सफलता हासिल गर्दै जानेछन् भन्ने विश्वास लिएको छु। नेपालका हरेक क्षेत्रमा पलेशाजस्ता व्यक्तिहरु हुनुहुन्छ, उहाँहरु सबैको प्रयासले विश्वसामु नेपालको छवि उच्च गर्नका लागि भूमिका खेल्नेछ भन्ने लागेको छ। कोरिया सरकारले पनि नेपालको खेलकुदलगायत विभिन्न क्षेत्रको विकासमा हातेमालो गर्दै जानेछ।

 

प्रकाशित: २०८१ भदौ १८ गते मङ्गलबार ०२:४९
Sanket

पार्क थेयङ

थेयङ नेपालका लागि दक्षिण कोरियाली राजदूत हुन्। 
प्रतिक्रिया

थप समाचार

‘सिङ्गो देश डिप्रेसनमा छ’

डिप्रेसनले राज गरेको मुलुकमा समाज सधैँ एउटा नायकको खोजीमा हुँदो रहेछ, तर कसैलाई लामो समय विश्वास गर्न नसकेर नायक बदलिरहँदो रहेछ। को

गीत ‘मास्टर्नी’ को पोस्टरको समाजशास्त्रीय विश्लेषणः समाज निर्माणको आधारमा प्रहार

शिक्षक समाजको एउटा महत्वपूर्ण खम्बा हो। शिक्षकले ज्ञान, सीप, मूल्य र मान्यताहरू नयाँ पुस्तामा हस्तान्तरण गर्दै समाजलाई सही दिशामा डोऱ्याउने कार्य गर्छ। त्यसैले, शिक्षकलाई मनोरञ्जनको पात्र...

नेपो डच डिजिज र रेमिटान्स मेन समाज !

ल्हासातिर ऊन बेचेर सुन भित्र्याइने नेपालले आफ्ना स्रोत त्यति नै बेलादेखि नै नचिनेर होला, पहाडतिरका बलिया र सग्ला पाखुराहरू लाहुरे बन्ने तोडमोडमा कसैले थर फेरे, कसैले घर फेरे; जसरी हुन्छ लाहुरे...

‘व्यक्तिगत ग्यारेन्टी हट्नु सम्पत्तिमा आधारित अर्थतन्त्रबाट उत्पादनमा लैजाने कदम’

नेपालमा बैंक तथा वित्तीय संस्थाले व्यवसायिक कर्जा प्रवाह गर्दा व्यवसायीको व्यक्तिगत जमानी (पर्सनल ग्यारेन्टी) अनिवार्य रूपमा लिने प्रचलन लामो समयदेखि रहेको छ। अहिले यो व्यवस्था हटाउने विषयमा...

‘जलविद्युतमा लगानी पुनसंरचना गरेर सेयर प्राइस डिस्कभरी मेकानिज्ममा जानुपर्छ’

सुरुवाती दिनदेखि जोखिम मोल्ने प्रवर्द्धकको सेयर मूल्य र सबै जोखिम न्यूनीकरण भइसकेपछि आउने लगानीकर्ताको सेयर मूल्य बराबरी हुनु वैज्ञानिक देखिँदैन। त्यसैले, प्रवर्द्धकको मेहनत, विज्ञता र...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना