विराटनगर- निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोकेसँगै मोरङमा चुनावी चहलपहल सुरु भएको छ।
मोरङ जिल्लाको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्षको मृत्यु भएपछि उक्त पद रिक्त छ।
नेकपा (माओवादी केन्द्र) ले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनमा नमोनारायण माझीलाई अध्यक्ष पदमा उम्मेदवार बनाउने घोषणा सोमबार गरेको छ।
माओवादीले अध्यक्ष पदमा उम्मेदवार बनाएमा माझी केही समय अगाडि नेपाली काङ्ग्रेस छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए।
उनी ग्रामथान गाउँपालिका-१ मा २०७४ सालमा तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
निर्वाचनका लागि काङ्ग्रेस र एमालेलेमा पनि उम्मेदवारहरूको दौडधुप छ। २०७९ सालको पालिका निर्वाचनमा काङ्ग्रेसका जयप्रकाश गच्छदार विजयी भएका थिए।
५६ वर्षका गच्छदारको गत असारमा हृदयाघातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो।
नेकपा एमालेका शिवनारायण माझीलाई १ हजार ५१२ मतान्तरले पछि पार्दै ७ हजार ६०५ मतका साथ गच्छदार अध्यक्ष पदमा निर्वाचित भएका थिए।


