काठमाडौँ- माओवादी विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्।
सरकारको गलत कदमका विरुद्ध माओवादी विद्यार्थी काठमाडौँमा पुत्ला जलाएका हुन्।
त्रिचन्द्र क्याम्पस अगाडि ओलीको पुत्ला दहनसहित माओवादीले मसाल जुलुस निकालेको थियो।
सोमबार मात्रै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका विपक्षी नेताहरूले प्रधानमन्त्री ओलीलाई भेट गरेका थिए।
भेटमा ओलीले आफूलाई तानाशाह देखाउने प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाएका थिए।
त्यसकै भोलिपल्ट माओवादीले ओलीको पुत्ला दहन गरेको हो।












