काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिन सन्तोषजनक भएको बताएका छन्।
कांग्रेस सभापति देउवाले सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्ट हुनुपर्ने कारण नरहेको बताए।
‘सय दिनलाई मैले त राम्रो मानेको छु’, न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भने, ‘राम्रो काम गरेको छ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि डेढ वर्ष आफूले नेतृत्व गर्ने सहमति भएको उनले बताए।
‘कहाँ कांग्रेस असन्तुष्ट छ, कसले भन्यो असन्तुष्ट भनेर? ठिक छ। राम्रो छ सय दिनको काम,’ उनले भने।


