काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन्।
शनिबार काठमाडौँमा आयोजित सरकारविरुद्धको खबरदारी सभामा बोल्दै उनले प्रधानमन्त्री ओलीको स्वभावमाथि प्रश्न उठाउँदै ओलीले अपराधलाई पनि उत्सवको रुपमा मनाउने गरेको आरोप लगाएका हुन्।
‘प्रधानमन्त्रीको बारेमा मैले भन्नुभन्दा बढि तपाईहरूले बुझ्नुभएको छ। उहाँको खास स्वभाव छ। अरुले गर्नुहुन्न भनेपछि त्यो काम गरीहाल्नुहुन्छ। उहाँले आत्मसमीक्षा गर्नुहुन्न,’ उनले भने, ‘अपराधलाई पनि उहाँले उत्सवको रुपमा मनाउनुहुन्छ, त्यो पनि उहाँको विचित्रको स्वभाव छ।’
उनले अहिलेको सरकार प्राकृति विपत्तिमा नदेखिने र नराम्रा काममा देखिने गरेको पनि बताए।
उनले भने,‘ सरकार कहाँ देखिन्छ त दल विभाजन गर्न, कुलमान हटाउन, उपसभामुख हटाउन। त्यस्ता ठाउँमा देखिन्छ सरकार।’
