२०८३ कार्तिक १९ गते बुधबार

कीर्तिपुरको उम्मेदवार छान्न सकेन कांग्रेसले, सर्केगाडमा सविता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २५
Congress_headqarter_sanepa (3)

काठमाडौँ- आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले काठमाडौँको कीर्तिपुर नगरपालिकाको प्रमुखको उम्मेदवार छान्न सकेको छैन।

एमाले र माओवादीले उम्मेदवार टुंगो लगाएर चुनावी कार्यक्रम सुरु गरे पनि कांग्रेसले भने उम्मेदवार नै छान्न नसकेको हो।

कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि कांग्रेसबाट ११ जना सिफारिस भएका छन्। कांग्रेस कीर्तिपुर नगर कार्यसमितिले सभापति कृष्णमान डंगोलको नाम पहिलो नम्बरमा राखेर आकांक्षी सबैको नाम जस्ताको तस्तै सिफारिस गरेको हो।

सिफारिस हुनेमा क्रमशः कृष्णमान डंगोल, बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीता बोगटी, सशिर महर्जन, जनकलाल महर्जन, राममान सिंह, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जन छन्।

कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि एमालेबाट केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरको एकल नाम सिफारिस भएको छ । उनी अघिल्लो निर्वाचनमा काठमाडौं १० अन्तर्गत प्रदेश सभा सांसदको उम्मेदवार बनेर पराजित भएका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगर प्रमुखमा ध्रुव महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। माओवादीले प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ।

२०७९ मा कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको २०८१ साउन ११ गते निधन भएको थियो। नकर्मी लामाे समयदेखि मिर्गौला राेगबाट पीडित थिए। उनको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो। यहाँका वडा नम्बर १ र वडा नम्बर ४ मा पनि वडाध्यक्ष पदका लागि उपचुनाव हुन लागेको छ।

उता हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ। सर्केगाड गाउँपालिका–८ राहदेवकी सविता बुढालाई उम्मेदवार बनाउने भएको छ।

विसं २०७९ को स्थानीय तहको निर्वाचनमा पनि बुढा कांग्रेसबाट आकाङ्क्षी थिइन्। यो पालिकामा एमाले र माओवादी केन्द्रले भने हालसम्म उम्मेदवारको टुङ्गो लगाएका छैनन्।

सुर्खेतबाट नेपालगञ्ज जाने क्रममा उपाध्यक्ष चन्द्रसिंह कार्कीको दुर्घटनामा परी निधन भएपछि रिक्त उक्त पदका लागि सर्केगाडमा उपनिर्वाचन हुन लागेका हो।

यसअघि २०७९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो।

प्रकाशित: २०८१ कार्तिक २५ गते आईतबार ०८:४०
प्रतिक्रिया

थप समाचार

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...

‘पल्सर आरपीएम’ को पोखरा संस्करण सम्पन्न, ३ हजार बढी दर्शकले जनाए सहभागिता

काठमाडौँ: बजाज पल्सरको युवाकेन्द्रित कार्यक्रम ‘पल्सर आरपीएम’ को पोखरा संस्करण ३ हजारभन्दा बढी दर्शकको उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ। कात्तिक १४ गते पोखरा रंगशालास्थित...

अमेरिकी संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत, ट्रम्पलाई ठूलो धक्का

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीले ऐतिहासिक सफलता हासिल गरेको छ। प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत प्राप्त गर्दै डेमोक्रेटिक पार्टीले...

एनआईसी एशिया बैंकले हकप्रद निष्कासन गर्ने, सेबोनबाट पायो अनुमति

काठमाडौँः एनआईसी एशिया बैंकले विद्यमान सेयरधनीलाई लक्षित गर्दै ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट हकप्रद सेयर निष्कासनका लागि पूर्वस्वीकृति पाएसँगै...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना