काठमाडौँ- सांसद अमरेशकुमार सिंहले अख्तियार पूर्वकर्मचारीहरूको क्लब बनेको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था समितिको बैठकमा सांसद सिंहले अख्तियार पूर्वकर्मचारीको क्लब बनेको र त्यो रहेसम्म पार नलाग्ने बताएका हुन्।
प्रधानमन्त्री कार्यालयको पैसा उठाउने ठाउँ सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान कार्यालय बनेकोसमेत आरोप लगाए उनले भने, ‘प्रम कार्यालय भ्रष्टाचारको मूल जड बनेको छ। अख्तियार आफैँ भ्रष्टाचारको अखडा बनेको छ।’
भ्रष्टाचार गरेको विषय ढाकछोप गर्न कर्मचारीहरूको अख्तियारमा सरुवा हुने गरेको समेत सांसद सिंहले आरोप लगाए।


