विशेष अदालतले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ । बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र न्यायाधीश रितेन्द्र थापाको इजलासले चार नेपालीलाई दोषी ठहर गरेको हो ।
विशेषले नेपाल वायु सेवा निगमका अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसकार र सहसचिवहरू बुद्धिसागर लामिछाने र शिशिर ढुंगानालाई दोषी ठहर गरेको हो ।
विशेषले विमान खरिमा एक अर्ब ४७ करोड १० लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ ।
विशेषले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहितलाई भने सफाइ दिएको छ ।
वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ चैत ०८० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।


