काठमाडौँ – सुनको मूल्यमा गिरावट आएको छ।
बिहीबार प्रतितोला रु एक लाख ६८ हजार ५०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक लाख ६८ हजार १०० मा खरिद-बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु पाँच बढेको छ ।
आज चाँदी प्रतितोला रु एक हजार ९८५ मा किनबेच हुनेछ ।


