२०८३ साउन १३ गते बुधबार

ऐतिहासिक भेलापछि विजयी ‘मुड’मा टिम विजय

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २२
bhela
वरिष्ठ अधिवक्ता प्रा.डा. मिश्र टिमको बृहत् चुनावी सभामा सहभागी कानुन व्यवसायीहरू।

काठमाडौँ- नेपाल बार एसोसिएशनको केन्द्रीय कार्यसमिति निर्वाचन, २०८१ को पूर्वसन्ध्यामा वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले नेतृत्व गरेको बृहत लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहले विशाल चुनावी सभा सभा सम्पन्न गरेक छ। बिहिवार काठमाडौँ बबरमहलस्थित कार्की ब्यांक्वेटमा निर्वाचन परिचालन समितिका संयोजक वरिष्ठ अधिवक्ता बसन्तराम भण्डारीको अध्यक्षतामा विशाल चुनावी सभा सम्पन्न भएको हो। सभामा तीन हजारभन्दा बढी कानुन व्यवसायीको सहभागिता रहेको समितिले जानकारी दिएको छ।

कार्यक्रममा डीएलए, पीपीएलए र एनडीएलको गठबन्धनबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले युवा कानुन व्यवसायीको क्षमता विस्तार गर्न वरिष्ठ अधिवक्ताहरूसँगै बहसपैरवीमा सहभागी गराउनुपर्ने आचारसंहितामा उल्लेख भएकाले उक्त विषयलाई आफ्नो टिमले कार्यान्वयन गरिछाड्ने एजेन्डा प्रस्तुत गरेका थिए।

‘एलाइन्स बनाउन नसकेपछि अर्को टिम आत्तिएर हामीमाथि दोषारोपमा उत्रिएका छन्,’ वरिष्ठ अधिवक्ता हरिहर दाहालले भने, ‘मिश्र टिम बारको इतिहासमा परिवर्तनका लागि कोशेढुंगा भएको छ।’

कानुन व्यवसायीहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्ने आफ्नो समूहले काम गर्ने उनले बताए। ‘युवा कानुन व्यवसायीको क्षमता विस्तार, न्यूनतम पारिश्रमिक, वकिलको वाक् स्वतन्त्रताको पक्षमा आवाज उठाउने काम हामीले गर्छौँ,’ बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले घोषणापत्रमा ‘जहाँ सुनुवाइ त्यहाँ कानुन व्यवसायी’ भन्ने नारा राखेका छौँ। त्यसलाई कार्यान्वय गर्छौँ। अबको बार तालिमको बार हुनेछ। न्यायपालिकामा विकृति र विसंगति देखिए बाघझम्टाइ गरिनेछ। त्यसका लागि चाहिने नैतिक पूँजी मसँग छ। यहाँहरूले सहयोग गर्नु पर्नेछ। यति ठूला संगठनहरूको साथ रहेकाले हामी त्यो काममा सफल हुनेछौँ।’ मिश्रले बारमा काम गर्दा व्यावसायिक हकहित, स्वतन्त्र न्यायपालिका, संविधान संशोधनमा प्रभावकारी भूमिका निर्वाह गर्ने कुरामा कटिबद्ध भएको बताए।

डीएलए, पीपीएलए र एनडीएलको गठबन्धनबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्र

कार्यक्रममा डीएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले मिश्र टिम विजयी हुनेमा कुनै सन्देह नरहेको उल्लेख गरे। मिश्र टिमको घोषणापत्रमा कानुन व्यवसायीहरूका सरोकारका सबै मुद्दाहरूलाई सम्बोधन गर्ने विषय समावेश गरेको र ती मुद्दाहरूलाई कार्यान्वयन गर्नेमा पनि विश्वस्त सुनिए।

डीएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले मिश्र टिम विजयी हुनेमा कुनै सन्देह नरहेको उल्लेख गरे।

‘नेपाल बारको इतिहासमा यति ठूला शक्ति एकठाउँ उभिएको पहिलो पटक हो,’ उनले भने, ‘जुन दिन मिश्र टिमको उम्मेदवार पर्‍यो, त्यही दिन दुई तिहाईभन्दा बढी मतले विजयी हुने सुनिश्चित गरिसकेको छ।’

डीएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसी

कार्यक्रममा पीपीएलका अध्यक्ष वरिष्ठ भोजराज आचार्यले टिम विजयले विचारले नेतृत्व गर्दै सबल र गौरव गर्ने बार बनाउने उद्घोष गरे। ‘हामी यसपल्ट ऐतिहासिक हासिल गर्छौँ। सुदृढ एकता देखाउँछौँ। मिश्रको टिममा रहेका २५ मा २५ जना विजयी बन्नु हुनेछ,’ उनले भने। उनले बार कस्तो हुनुपर्छ भन्ने आदर्श टिम विजयले विजयी भएर गएपछि देखाउने पनि बताए।

वरिष्ठ अधिवक्ता हरिहर दाहालले मिश्र टिमको जित सुनिश्चित भएको उल्लेख गर्दै दुई तिहाई मत आउने विश्वास व्यक्त गरे। आफूले काठमाडौँ उपत्यका र उपत्यकाबाहिरका जिल्ला/उच्च बारका कानुन व्यवसायीहरूसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै मिश्र टिमप्रति उत्साहित रहेको उल्लेख गरे।

‘एलाइन्स बनाउन नसकेपछि अर्को टिम आत्तिएर हामीमाथि दोषारोपमा उत्रिएका छन्,’ उनले भने, ‘मिश्र टिम बारको इतिहासमा परिवर्तनका लागि कोशेढुंगा भएको छ। कसरी लैजाने भन्नेमा हामी फेरि छलफल गर्छौँ। मिश्र टिमको कार्यकाल बार इतिहासमा स्वर्णिम काल हुनेछ।’

वरिष्ठ अधिवक्ता हरिहर दाहाल

एनडीएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता राजु बस्नेतले डीएलए, पीपीएल र एनडीएलए एकठाउँ रहेकाले मिश्र टिमको विजय सुनिश्चित रहेको उल्लेख गरे। निर्वाचन मूल समितिका संयोजक बसन्तराम भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

चुनावमा होमिएको वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ नेतृत्वको अर्को टिमले बुधबार कार्की ब्याङ्क्वेटमा नै गरेको कार्यक्रममा करिब चार सय कानुन व्यवसायीहरू उपस्थित रहेको एक जना सहभागीले बताए। ‘बुधबार र बिहीवार दुवै समूहले आयोजना गरेका सभामा उपस्थितहरूको संख्याका आधारमा भन्ने हो भने वरिष्ठ अधिवक्ता मिश्रको समूह भारी देखियो। उनको समूहको सभामा कम्तीमा झन्डै तीन हजार कानुन व्यवसायी देखिए,’ सभामा सहभागी एक कानुन व्यवसायीले भने, ‘वरिष्ठ अधिवक्ता श्रेष्ठको सभामा चार सय जना जति थिए।’

ती कानुन व्यवसायीले उपस्थिति संख्या दुवै समूहहरूले प्रतिनिधित्व गर्ने संगठनका आकारका आधारमा उपस्थितिमा फरक परेको हुन सक्ने बताए। चुनावअघिको माहोल अनुमान गर्न दुवै सभामा सहभागीहरूको संख्या काफी भएको उनले उल्लेख गरे।

टिम विजयका उम्मेदवारहरू।

बार निर्वाचनको संघारसम्म आइपुग्दा दुवै समूहले आफ्ना एजेण्डा र योजनाबारे कानुन व्यवसायीहरूसँग भेटवार्ता र अन्तक्रिया सकेका छन्। बिहिवार मध्य रातबाट मौन अवधि सुरु हुनअघिसम्म दुवै समूहले आफ्ना प्रचारप्रसारलाई तीव्र बनाएका थिए।

चुनावी सभापछि वरिष्ठ अधिवक्ता मिश्र समूह उत्साही देखिएको उक्त समूहका एक उम्मेदवार बताउँछन्। ‘हाम्रो टिम सबै हिसाबले काविल छ। सशक्त युवाहरू हाम्रो समूहमा छन्। अध्ययन–अनुसन्धान र प्राज्ञिक अभ्यास मात्र होइन, व्यावसायिक अभ्यासका हिसाबले पनि हाम्रो टिम कहीँ कतै कमजोर देखिँदैन’ बिहीबारको सभापछि ती उम्मेदवारले भने, ‘हाम्रो सभाले जसलाई जवाफ दिनुपर्ने थियो दिएको छ। डीएलए, पीपीएलए र एनडीएलएका अध्यक्षज्यूहरूले मञ्चबाटै समूहप्रतिको प्रतिबद्धता व्यक्त गर्नुभएको छ।’

बारको नयाँ नेतृत्वका लागि शनिबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार हाल देशभरमा ९ हजार ७ सय मतदाता छन् । निर्वाचन समितिको नेतृत्व वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले गरेका छन् भने सदस्यहरूमा वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौला, वरिष्ठ अधिवक्ता तेजनाथ धमला, अधिवक्त सेवन्त निरौला र अधिवक्ता चन्द्रबहादुर शाही छन्।

दिउँसो ४ बजे मतदान सम्पन्न भएपछि मतपेटिकाहरू संकलन गरी मतदान केन्द्र बमोजिम मतगणना हुने निर्वाचन समितिले जानकारी दिएको छ। चाँडो मतगणना सम्पन्न गरी नतिजा प्रकाशन गर्ने योजना बनाएको समितिको भनाइ छ।

प्रकाशित: २०८१ चैत २२ गते शुक्रबार ०७:३६
प्रतिक्रिया

थप समाचार

‘सिङ्गो देश डिप्रेसनमा छ’

डिप्रेसनले राज गरेको मुलुकमा समाज सधैँ एउटा नायकको खोजीमा हुँदो रहेछ, तर कसैलाई लामो समय विश्वास गर्न नसकेर नायक बदलिरहँदो रहेछ। को

गीत ‘मास्टर्नी’ को पोस्टरको समाजशास्त्रीय विश्लेषणः समाज निर्माणको आधारमा प्रहार

शिक्षक समाजको एउटा महत्वपूर्ण खम्बा हो। शिक्षकले ज्ञान, सीप, मूल्य र मान्यताहरू नयाँ पुस्तामा हस्तान्तरण गर्दै समाजलाई सही दिशामा डोऱ्याउने कार्य गर्छ। त्यसैले, शिक्षकलाई मनोरञ्जनको पात्र...

नेपो डच डिजिज र रेमिटान्स मेन समाज !

ल्हासातिर ऊन बेचेर सुन भित्र्याइने नेपालले आफ्ना स्रोत त्यति नै बेलादेखि नै नचिनेर होला, पहाडतिरका बलिया र सग्ला पाखुराहरू लाहुरे बन्ने तोडमोडमा कसैले थर फेरे, कसैले घर फेरे; जसरी हुन्छ लाहुरे...

‘व्यक्तिगत ग्यारेन्टी हट्नु सम्पत्तिमा आधारित अर्थतन्त्रबाट उत्पादनमा लैजाने कदम’

नेपालमा बैंक तथा वित्तीय संस्थाले व्यवसायिक कर्जा प्रवाह गर्दा व्यवसायीको व्यक्तिगत जमानी (पर्सनल ग्यारेन्टी) अनिवार्य रूपमा लिने प्रचलन लामो समयदेखि रहेको छ। अहिले यो व्यवस्था हटाउने विषयमा...

‘जलविद्युतमा लगानी पुनसंरचना गरेर सेयर प्राइस डिस्कभरी मेकानिज्ममा जानुपर्छ’

सुरुवाती दिनदेखि जोखिम मोल्ने प्रवर्द्धकको सेयर मूल्य र सबै जोखिम न्यूनीकरण भइसकेपछि आउने लगानीकर्ताको सेयर मूल्य बराबरी हुनु वैज्ञानिक देखिँदैन। त्यसैले, प्रवर्द्धकको मेहनत, विज्ञता र...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना